विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई जितको लागि दियो १२८ रनको लक्ष्य


प्रकाशित मिति : मंसिर १५, २०८१ शनिबार

नेपाल प्रिमियर लिग क्रिकेट सुरु काठमाडौँ, १५ मङ्सिरः कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स भर्सेस जनकपुर बोट्ल्सबीच ब्याटिङ गर्दै विराटनगर टिम । तस्बिरः प्रदीपराज वन्त÷रासस

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई जितको लागि एक सय २८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शनिवार भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई जितको लागि एक सय २८ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनाएको हो ।

विराटनगरको लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले अर्ध शतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए । उनले ४३ बलमा एक छक्का र सात चौकाको मद्दतले ५५ रन बनाएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, अकिब इलियासले १५, निकोलस किर्टनले ९ र लोकेश बमले ५ रनको योगदान दिए । बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७/७ रन बनाए ।

त्यस्तै, विराटनगरको लागि क्रिस सोलले ४, प्रतिश जिसीले २ र राजेश पुलामीले एक रन बनाए भने जितेन्द्र मुखिया शून्य रनमै आउट भए ।

विराटनगरले अतिरिक्त १५ रन प्राप्त गर्‍यो ।

जनकपुर बोल्ट्सको लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै, किशोर महतो र हर्ष ठाकरले समान २/२ विकेट लिए । जनकपुरका मोहम्मद मोहसिन र बेन माइकले समान एक/एक विकेट हात पारे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com