बाइडेन र सी भेटघाट : ट्रम्प प्रशासनसंग सहकार्य गर्न चीन तयार


प्रकाशित मिति : मंसिर १, २०८१ शनिबार

US President Joe Biden holds a joint press conference with Canada’s Prime Minister Justin Trudeau, not pictured, at the Sir John A. Macdonald Building in Ottawa, Canada, on March 24, 2023. (Photo by ANDREJ IVANOV / AFP)

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङकाबिचमा भेटवार्ता भएको छ । सो अवसरमा दुवै समकक्षीहरुकाबिचमा आगामी चुनौतीबारे छलफल भएको बताइएको छ ।

पेरुमा भएको भेटमा दुबै नेताले दुई महाशक्तिहरूबीचको प्रतिद्वन्द्विता खुला द्वन्द्वमा परिणत हुन दिननहुनेमा जोड दिनुभएको थियो ।

सीले आफ्नो उद्घघाटन सम्बोधनमा अमेरिकी चुनावपछि अमेरिकी चीन सम्बन्ध नयाँ अनिश्चितताको चरणमा प्रवेश गरेको बताउनु भयो । उहाँले दुई ठूला राष्ट्रहरू कसरी राम्रोसँग सम्बन्ध कायम राख्न सक्छन् भनेर सहि बाटो खोजिरहनु आवश्यक रहेकोमा जोड दिनुभयो ।

राष्ट्रपति बाइडेनले पनि आफ्नो उद्घघाटन सम्बोधनमा चीनसंग सम्वन्ध कायम राखिरहनु पर्नेमा जोड दिनुभयो । उहाँले ट्रम्पले चीनमाथि थप कडा भन्सार शुल्क लगाउने र कडा नीतिका समर्थकहरूलाई प्रशासनमा नियुक्त गर्ने तयारी गरिरहेका बेला यो तर्क गर्नुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले संवादहरु आवश्यक रहेकोमा जोड दिदै वार्ताहरूले गलत निर्णयलाई रोक्छन् र हाम्रो प्रतिस्पर्धा द्वन्द्वमा परिणत हुने छैन भन्ने सुनिश्चित गर्छन् भन्नुभयो ।

दुबै नेताबिचको भेटघाट १ घण्टा ४० मिनेटसम्म चलेको बताइएको छ । तर, यसबीचमा बाइडेनले चीनसँगका विवादास्पद विषयहरूमा समेत सिधै चुनौती दिने अवसर प्राप्त गरेको देखिएको छ ।

अमेरिकाले रूससँग चीनको बढ्दो निकटता, अमेरिकी दूरसञ्चार प्रणालीमा चिनियाँ ह्याकरहरूको आक्रमण, ताइवानको वरपरको सैन्य गतिविधि र दक्षिण चीन सागरमा चीनको आक्रमणकारी रणनीतिलाई लिएर चिन्ता व्यक्त गर्दै आएको छ ।

बाइडेनले ताइवानमा शान्ति कायम गर्न र युक्रेनमा रूसलाई समर्थन नगर्न उत्तर कोरियामाथि दबाब दिन बेइजिङलाई आग्रह गर्नुूभयो ।

साथै, हैटीमा अमेरिकी नेतृत्वमा भइरहेको सुरक्षा अभियानलाई औपचारिक संयुक्त राष्ट्र शान्ति मिसनमा बदल्न चीनलाई सहयोग गर्न बाइडेनले अनुरोध गर्नुभयो । तर, सीले आफ्नो अडान परिवर्तन गर्ने कुनै संकेत नदेखाउनु भएको बताइएको छ ।

सीले आउँदै गरेको ट्रम्प प्रशासनसँग सहकार्य गर्न इच्छुक रहेको संकेत दिनुभयो । उहाँले चीन नयाँ अमेरिकी प्रशासनसँग संवाद कायम गर्न, सहकार्य विस्तार गर्न र मतभेद व्यवस्थापन गर्न तयार छ भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com