अमेरिकामा आएको मिल्टन आँधीबाट १६ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन २४, २०८१ बिहीबार

Max Watts, of Buford, Ga., walks in the parking lot to check on a trailer parked outside the hotel where he is riding out Hurricane Milton with coworkers, Wednesday, Oct. 9, 2024, in Tampa, Fla. Watts, who works for a towing company, was deployed with colleagues to Florida to aid in the aftermath of the storm. (AP Photo/Julio Cortez)

अमेरिकामा आएको मिल्टन आँधीका कारण १६ जनाको ज्यान गएको छ । अमेरिकी अधिकारीले मृतकको संख्यालाई पुष्टि गर्दै आगामी दिनहरूमा मृत्युदर बढ्न सक्ने आशंका पनि व्यक्त गरेका छन्।

फ्लोरिडाको एक अपार्टमेन्ट परिसरबाट करिब ४ सय जनालाई उद्धार गरिएको छ । अपार्टमेन्टमा लगभग २ हजार मानिसहरू बसोबास गर्थे ।
बुधबार मिल्टन आँधी अमेरिकाको फ्लोरिडामा ठोक्किएको थियो ।

जसले गर्दा धेरै स्थानहरूमा पानी भरिएको छ । ३० लाख भन्दा बढी घरहरूमा विद्युत कटौती भएको छ ।

फ्लोरिडाको सेंट पीटर्सबर्गमा पिउने पानीको अभाव भएको छ । अधिकारीहरूले मिल्टन आँधीको विनाशपश्चात् पानीको आपूर्ति रोक्न बाध्य भएका छन् ।
अधिकारीहरूले दिएको चेतावनी अनुसार यो आँधी घातक हुनसक्छ । तीव्र हावासँगै अकस्मात् बाढी आउनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिल्टन आँधीले फ्लोरिडाभर विनाश निम्त्याएको छ । आँधीका कारण तीस लाख भन्दा बढी घर र व्यवसायहरूमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ ।

आँधीले तम्पा बे क्षेत्रमा १८ इन्चसम्म वर्षा गराएको छ भने सेन्ट पिटर्सबर्ग, सारासोटा, भेनिस र अन्य क्षेत्रमा बाढी ल्याएको छ। फ्लोरिडाको अधिकांश भागमा संकटकाल लागु गरिएको छ । धेरै खतरनाक अवस्था आएपछि धेरै काउन्टीहरूले आपतकालीन सेवाहरू निलम्बित गरेका थिए ।

फ्लोरिडामा दुई हप्तामा दुईवटा घातक आँधी आएको छ । विज्ञहरूका अनुसार जलवायु परिवर्तनले महासागरहरूलाई तताउने भएकाले सामान्य आँधीहरू बारम्बार हरिकेनमा परिणत भइरहेका छन् ।

उष्णकटिबंधीय आँधीहरू समुद्री तातो छालहरूमा बलियो तूफानमा परिणत हुने सम्भावना धेरै हुने विज्ञहरुको भनाई छ । अमेरिकी राष्ट्रिय आँधी केन्द्रका अनुसार हालका वर्षहरूमा उत्तर अटलान्टिक क्षेत्रमा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com