युक्रेनी समकक्षी जेलेन्स्कीसँग बाइडेनको प्रतिबद्धता – ‘नयाँ सैन्य सहायता उपलब्ध गराउछौं’


प्रकाशित मिति : जेष्ठ २६, २०८१ शनिबार

Biden Ukraine

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग नयाँ सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीसँग आज भएको द्विपक्षीय बैठकमा युक्रेनका लागि नयाँ सहायता प्याकेजको घोषणा गर्दै त्यसलाई यथाशक्य चाँडो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

“हामी हार नमानी उल्लेखनीय रूपमा निरन्तर लडिरहेको युक्रेनको साथमा छौँ”, बाइडेनले युक्रेनी राष्ट्रपतिलाई भन्नुभयो ।

अमेरिकी राष्ट्रपतिले आफूले पारित गर्नुपर्ने विधेयक प्राप्त गर्नमा समस्या सामना गरिरहेको कुरामा जोड दिनुभयो । “सहायताको सन्दर्भमा के पारित हुन गइरहेको छ भन्ने थाहा नदिएकोमा म क्षमाप्राथी छु, हाम्रा केही रूढीवादी सदस्यबाट पारित गर्नुपर्ने विधेयक प्राप्त गर्न गाह्रो भइरहको थियो”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनले शुक्रबारको सहायतासम्बन्धी घोषणाका साथ युक्रेनलाई थप सहायताबारे पनि घोषणा गर्नुभएको सिएनएनले जनाएको छ ।

“अप्रिलमा सम्झौता भएदेखी मैले महत्त्वपूर्ण सहायता कोषका छ वटा प्याकेज घोषणा गरेको छु । आज म विद्युतीय ग्रिडको पुनःनिर्माण गर्न मद्दत गर्न २२ करोड ५० लाख अमेरिकी डलरको अतिरिक्त प्याकेजमा पनि हस्ताक्षर गर्दैछु”, अमेरिकी राष्ट्रपति बाइडेनले भन्नुभयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुला र समावेशी संवादको आवश्यकतामाथि जोड दिँदै उहाँले विश्व एकताबद्ध हुन र “पूर्ण सद्भाव”मा काम गर्न सक्षम हुनुपर्ने बताउनुभयो । – एएनआई

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com