आईपीएल क्रिकेटमा प्लेअफको समिकरण पुरा , आरसीबी संग साविक बिजेता चेन्नईको हार


प्रकाशित मिति : जेष्ठ ५, २०८१ शनिबार

आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलूरु आरसीबी प्लेअफमा पुगेको छ । शनिबारराति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा आरसीबीले साविकको उपाधि विजेता टोली चेन्नई सुपर किंग्सलाई २७ रनले हराउँदै प्लेअफको यात्रा तय गरेको हो ।

प्लेअफमा पुग्न कम्तीमा १८ रनको जित आरसीबीलाई आवश्यक थियो । आरसीबीले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो ।

चेन्नईका रचिन रवीन्द्रले सर्वाधिक ६१ रन बनाए पनि टिमको हार टार्न सकेनन । उनले ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । आरसीबीका यश दयालले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलुरुले कप्तान फाफ डु प्लेसिसको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो ।आरसीबीका कप्तान फाप्प डु प्लेसिसले सर्वाधिक ५४ रन बनाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डुप्लेसिसले ३९ बलमा ५४ रन बनाउने क्रममा ३ चौका र ३ छक्का प्रहार गरे । विराट कोहलीले २९ बलमा ४७ रन बनाएर टोलीलाई उत्कृष्ट सुरुवात दिलाए । चेन्नईका शार्दुल ठाकुरले दुई विकेट लिए ।

पहिलो ८ खेलमा एक खेल मात्र जितेको आरसीबी त्यसपछिका लगातार ६ खेल जित्दै अङ्क तालिकाको चौथो स्थानमा रहन सफल भएको हो । आईपीएल क्रिकेटमा आइतबार दिउँसो पौने ४ बजे सनराइजर्स हैदरावाद र पञ्जाव किङ्ग्स खेल्दैछन् ।

यस्तै बेलुका पौने आठ बजे राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीच खेल हुनेछ । १६ अङ्क रहेको राजस्थान र १५ अङ्क रहेको सनराईजर्स राउण्ड रोबिन चरणको दोस्रो स्थानमा रहन प्रयासरत छन् । बैंगलुरुसँगै कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद प्लेअफमा पुगिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com