चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने


प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार

नेपाली पासपोर्ट

छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागरिकलाई निःशुल्क भिषा दिँदै आइरहेको छ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गर्नुभएको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिषा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो ।

काठामाडौँस्थित चिनियाँ दूतावासले एक सूचना जारी गरी नेपाली नागरिकबाट चिनियाँ भिषा शुल्क नलिने जनाएको छ । ‘नेपाल र चीनबीचको मित्रता प्रवर्द्धन गर्न र कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन दूतावासले भिषा शुल्क नलिने’ विज्ञप्तिमा भनिएको छ ।

एक्सप्रेस शुल्क र सेवा भने साबिकबमोजिम नै कायम रहने विज्ञप्तिमा उल्लेख छ । नेपालमा पछिल्लो समय चिनियाँ पर्यटक बढिरहेका छन् । नेपाली नागरिक पनि उल्लेख्य सङ्ख्यामा चीन गइरहेका छन् । चीनसँगको प्रमुख सीमानाका खुलेको र नेपालमा चिनियाँ एअरलाइन्सले पूर्ण क्षमतामा उडान गरिरहेकाले पछिल्लो समय चिनियाँ पर्यटक बढेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “चीनले गन्तव्यको रुपमा नेपाललाई सकारात्मक रुपमा हेरेको देखिन्छ, यसरी प्राथमिकता दिइनुले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ ।”

नेपाली पर्यटन व्यवसायीले लामो समयदेखि नेपालीलाई निःशुल्क भिषा पाउनुपर्ने माग गर्दै आएका थिए । यसबाट नेपाली पनि सजिलै चीन जान सक्ने भएकाले दुवैतर्फको आवतजावतले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने निर्देशक लामिछानेले बताउनुभयो ।

सन् २०२४ मा चिनियाँ पर्यटको आगमन बढिरहेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको मार्च महिनामा १२ हजार ९३ चिनियाँ पर्यटक नेपाल आएका छन् । यस्तै, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘टुरिज्म स्टाटिक्स २०२३’ अनुसार सन् २०२३ मा ६० हजार आठ सय ७८ चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२२ मा नौ हजार पाँच सय ९९ चिनियाँ नागरिक नेपाल आएका थिए ।

कोरोना महामारीपूर्व सन् २०१९ मा सर्वाधिक एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com