इजरायलले इरानलाई जवाफदिने बताएपछि मध्यपूर्वमा तनाव


प्रकाशित मिति : बैशाख ४, २०८१ मंगलबार

इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको र गाजा युद्ध जारी रहँदा इजरायल र इरानबीच खतराको सङ्केत देखिएको छ ।

इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले इरान र उसका सहयोगीराष्ट्रले इजरायलमाथि ३०० भन्दा बढी क्षेप्यास्त्र, ड्रोन र रकेट प्रहार गरेपछि सोमबार ‘जवाफी कारबाही’ गर्ने प्रतिबद्धता जनाएका छन् ।

इरानले सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा इजरायलले गरेको घातक हवाई आक्रमणपछि आत्मरक्षाका लागि गरिएको ठूलो आक्रमण भएको र इजरायलले जवाफ नदिएसम्म यो विषय ‘निष्कर्षमा’ पुगेको मान्न सकिने बताएको छ । तर इरानका राष्ट्रपति इब्राहिम राइसीले इरानको हितविरुद्ध सानोतिनो कदमको पनि कडा र व्यापक जवाफ दिइनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको सुरक्षाका लागि अमेरिका प्रतिबद्ध रहेको तर द्वन्द्व फैलन नदिन चाहेको बताउनुभएको छ । अमेरिकी अधिकारीका अनुसार इजरायलको शीर्ष सहयोगी तथा हतियार आपूर्तिकर्ता वासिङ्टनले आफ्नो साझा प्रतिद्वन्द्वी इरानमाथि हुने कुनै पनि आक्रमणमा इजरायललाई साथ नदिने बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इरानले इजरायलमाथि गरेको आक्रमणपछि विश्वका नेताहरूले संयमित हुन आग्रह गरेका छन्, जसले सङ्कट कूटनीतिको हलचल मच्चाएको, तेलको मूल्य बढाएको र शेयर बजारलाई निराश बनाएको छ । गाजाबारे बाइडेनले भन्नुभयो, “हामी युद्धविरामका लागि प्रतिबद्ध छौं ।

बन्धकहरूलाई घर फर्काउने र द्वन्द्वलाई पहिलेदेखि नै रहेकोभन्दा बाहिर फैलनबाट रोक्ने एक मात्र उपाय युद्धविराम र शान्तिवार्ता हो ।” छ महिनाभन्दा बढी समयदेखि चलेको युद्ध र २४ लाख मानिसमाथिको घेराबन्दीका कारण ठूलो मात्रामा तहसनहस भएको तटीय क्षेत्र गाजामा आफ्नो इजरायलले लक्ष्यमा बमबारी जारी राखेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com