अफगानिस्तानका धेरै परिवार आफ्ना बालबालिकालाई खाना खुवाउन नसक्ने अबस्थामा


प्रकाशित मिति : चैत्र १७, २०८० शनिबार

विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले अफगानिस्तानमा ३० लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने चेतावनी दिएको छ । खामा प्रेस समाचार एजेन्सीले गत वर्ष वैदेशिक सहायता घटेकाले कुपोषित बालबालिकाको उपचार गराउने क्रम बढेको बताएको हो ।

अफगानिस्तानमा डब्ल्युएफपीका पोषण प्रमुख मोना शेखलाई उद्धृत गर्दै खामा प्रेसले भनेको छ, “हामी करिब १६ लाख कुपोषित बालबालिकालाई सहयोग गर्न सक्षम हुनेछौँ ।” संयुक्त राष्ट्र बाल कोष युनिसेफ ले यसअघि सन् २०२३ मा उसले अफगानिस्तानमा ७ लाख १५ हजार कुपोषित बालबालिकालाई सहयोग गरेको घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय सङ्गठनहरूका अनुसार तालिबान नियन्त्रित अफगानिस्तानमा धेरै परिवार आफ्ना बालबालिकालाई खाना उपलब्ध गराउन असमर्थ छन् ।
यसका अतिरिक्त तालिबानले सत्ता सम्हालेयता अफगानिस्तानले विकराल मानवीय सङ्कटको सामना गरिरहेको रिपोर्टहरूले सङ्केत गरेका छन् । यसले पहिले नै अनिश्चित रहेको अवस्थालाई थप खराब बनाएको छ ।

स्थिरता तथा आधारभूत आवश्यकतामा पहुँचको अभावले विशेषगरी महिला तथा बालबालिकाजस्ता कमजोर समूहमा व्यापक पीडा निम्त्याएको छ । यसका अतिरिक्त अन्तर्राष्ट्रिय सङ्गठनहरूबाट कोषको कमीले अफगानिस्तानमा राहत प्रयासहरूमा धेरै अवरोध उत्पन्न हुँदा लाखौँ मानिसलाई भोकमरीको जोखिममा पारेको छ र उनीहरू आवश्यक मानवीय सहायताबाट बन्चित छन् । यसले मुलुकमा मानवीय स्थिति अझ खराब भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोलो न्युजका अनुसार चार सय ५० भन्दा धेरै दिन बितिसक्ता पनि अफगानिस्तानमा छात्राहरूका लागि विश्वविद्यालय बन्द छ र पुनः खुल्ने कुनै सङ्केत देखिएको छैन । निराशा व्यक्त गर्दै छात्राहरूले उनीहरूको शैक्षिक प्रगतिमा महत्त्वपूर्ण ढिलाइ भएको बताएका छन् । उनीहरूले तालिबानको कार्यबाहक सरकारसँग यस वर्ष विश्वविद्यालयलाई पुनः खोल्न प्राथमिकता दिन आग्रह गरेका छन् । एजेन्सीहरु

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com