लाइसेन्स नलिइ पर्यटक घुमाउने गाईडलाई कारबाही गरिने


प्रकाशित मिति : चैत्र ८, २०८० बिहीबार

पछिल्लो समय टुरिष्ट गाइड एशोसियशन अफ नेपाल टुर्गानले टुरिष्ट गाईडको अनुमति पत्र ‘लाइसेन्स’ बिना विदेशी पर्यटकलाई विश्वसम्पदा सूचीमा घुमाउने गाईडलाई कारबाही अगाडि बढाएको छ ।

टुर्गानले पर्यटक प्रहरी इकाईसँगको सहकार्यमा गत मङ्गलबारदेखि सुरु गरेको अभियानमा हालसम्म नौ जना अवैध पथप्रदर्शक गाईड लाई कारबाही गरिसकेको टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले जानकारी दिनुभयो ।

“टुरिष्ट गाईडको लाइसेन्स नलिएका तथा लाईसेन्स लिएर पनि नवीकरण नगरेका गाईडलाई कारबाही गरेका हौँ,” उहाँले भन्नुभयो । जाँचका क्रममा मङ्गलबार चार र बुधबार पाँच जनालाई कारबाही गरिएको अध्यक्ष देवकोटाले बताउनुभयो । उक्त टोलीले लाइसेन्स नलिएका तथा नवीकरण नगरेका टुरिष्ट गाईडलाई दुई घण्टा होल्ड गर्ने र सचेत गराउने गरेको छ ।

पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख, प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले टुरिष्ट गाईडको लाइसेन्स बिना भाषिक ज्ञान भएका जोकोही व्यक्तिले पर्यटकलाई घुमाएकाले गाईडको लाइसेन्स जाँचलाई पर्यटक प्रहरीले तीव्रता दिएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“होटलका कार्यरत कर्मचारी, ट्रेकिङ तथा ट्राभलमा कार्यरत कर्मचारीले बिना लाइसेन्स पर्यटक घुमाउँदा पर्यटक गाईडको लाईसेन्स भएका व्यक्तिलाई समेत समस्या परेको छ, त्यसैले बेलाबेलामा पर्यटक प्रहरीले टुरिष्ट गाईडको लाइसेन्स जाँच गर्दै आएको छ,” उहाँले भन्नुभयो । हाल देशभर ४ हजार ८ सय २० व्यक्तिले टुरिष्ट गाईडको लाइसेन्स लिएका छन् ।

नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दुतको कामसमेत टुरिष्ट गाईडको रहेकाले अनुशासित र मर्यादित भएर आफ्नो व्यापार व्यवसाय गर्न टुर्गानले सम्पूर्ण गाईडलाई अनुरोध समेत गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com