आगामी शनिबार न्युयोर्कमा चर्चित युवा गायक स्वप्न सुमनको लाइभ प्रस्तुती


प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार

आगामी शनिबार अर्थात् मार्च १६ मा न्युयोर्कमा चर्चित युवा गायक स्वप्न सुमनको लाइभ प्रस्तुती हुने भएको छ । न्युयोर्कको क्वीन्समा रहेको मेलरोज बलरुममा लाइभ बेलुका ९ बजेदेखि लाइभ प्रस्तुती हुने आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा सहभागी हुनका लागि ७० देखि १०० डलरसम्मका टिकटहरु रहेका छन् । अनलाइनबाट अगाडि नै टिकट लिएको खण्डमा साधारणका लागि ७० डलर र भीआईपीका लागि १ सय डलर लाग्नेछ भने कार्यक्रमस्थलमा नै टिकट लिनेहरुले साधारणका लागि ८० डलर तिर्नुपर्नेछ ।

अनलाइनबाट टिकट लिनका लागि यहाँ क्लीक गर्नुहोला ।

स्वप्न सुमन चर्चित नेपाली गायक, गीतकार र गिटार वाधक हुन्। उनले २०१२ मा युट्युबमा घरेलु भिडियोहरू पोस्ट गरेर आफ्नो सांगीतिक करियर सुरु गरेका थिए जसले कर्मा रेकर्ड्सको ध्यान खिच्यो। सुमनले २०१४ मा आफ्नो पहिलो आधिकारिक गीत के सारो राम्री भाको बजारमा ल्याएका थिए ।

सन् २०१६ मा आर्बिट्ररी प्रोडक्सनमा सामेल भएर उनले धेरै मौलिक गीतहरू रिलिज गरे। उनले अहिले नेपालका विभिन्न स्थान र अन्तर्राष्ट्रिय रूपमा लाइभ शो पनि गरिरहेका छन् । उनको समसामयिक र परम्परागत नेपाली संगीतको अनुपम मिश्रणले नेपाल र विदेशमा उनले लोकप्रियता कमाएका छन् । अमेरिकामा भने उनको यो पहिलो सांगितक प्रस्तुती हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

याक प्रोडक्सनको प्रस्तुती रहेको उक्त कार्यक्रममा स्वप्न सुमनलाई छिरिङ, प्रज्ववल, अभिसेक र थिले लगायतले सा दिनेछन् । कार्यक्रममा सहभागी हुनका लागि २१ बर्ष पूरा भएको हुनुपर्नेछ भने उमेर खुल्ने परिचयपत्र आवश्यक पर्नेछ । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको चर्चित हिमालयन याक रेष्टुरेण्टले कार्यक्रमहरु समेत आयोजना गर्नका लागि याक एनवाईसी प्रोडक्सनको सुरुवात गरेकोमा यो कार्यक्रम याक एनवाईसी प्रोडक्सनको पहिलो कन्सर्ट हो ।

न्युयोर्कको हिमालयन याक रेष्टुरेण्टले यो बर्ष आफ्नो २० औ बार्षिकोत्सव समेत मनाइरहेको छ । हिमालयन याक लाइभ म्युजिक प्रस्तुत गर्ने न्युयोर्कको पहिलो नेपाली रेष्टुरेण्ट समेत हो, जसमा फिरोज स्याङ्देन, कुन्ती मोक्तान, तृष्णा गुरुङ, सपना श्री, दिवस गुरुङ, बर्तिका राई जस्ता कलाकारहरुले गाएका छन् । विगत दुई दशकदेखि यो रेष्टुरेण्टले सांस्कृतिक प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । रेष्टुरेण्टले हालै बीबीसी मास्टरशेफ सन्तोष शाहको उपस्थीतिमा उनका परिकारका साथमा समेत कार्यक्रम गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com