अमेरिकामा ओभरस्टे हुने नेपाली बढ्दो, एकबर्षमा १७६० ओभरस्टे


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

किशोर पन्थी

अमेरिकामा गैर आप्रवासी भिसामा छिरेर ओभरस्टे हुने नेपालीहरुको संख्या बढ्दो क्रममा रहेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार अघिल्लो बर्षहरुको तुलनामा अमेरिकामा ओभरस्टे हुने नेपालीहरुको संख्या बढ्दो रहेको छ । आर्थिक बर्ष सन् २०१६ मा ब्यापार र घुमफिरका क्रममा बी वान बी टु भिसामा आएका १८७७५ जना नेपालीहरु अमेरिकाबाट फर्कने अपेक्षा गरिएको थियो । तर उनीहरुमध्ये ९४६ जना अमेरिकामा ओभरस्टे भए । त्यसमध्येपनि ७८९ जना नेपालीहरु ओभरस्टे भएरपनि अमेरिकामा नै बसिरहे भने १५७ जना नेपालीहरुले ओभरस्टे भइसकेपछि अमेरिका छाडे ।

त्यस्तै आर्थिक बर्ष सन् २०१६ मा नै विद्यार्थी र एक्सचेन्ज भिजिटरका रुपमा एफ , एम र जे भिसामा आएका नेपालीहरुमा २८७३ जना नेपालीहरु अमेरिका छाडेर फर्कनुपर्ने थियो । तर उनीहरुमध्ये ६७५ जना ओभरस्टे भएरै अमेरिकामा बसे भने ५२ जना नेपालीले ओभरस्टे भएको केही समयपछि अमेरिका छाडे । यसरी सन् २०१६ मा एफ, एम र जे भिसामा रहेका ७२७ जना नेपालीहरु अमेरिकामा ओभरस्टे भए ।

यी बाहेक अन्य गैरआप्रवासी भिसामा अमेरिकामा आएर सन् २०१६ मा फर्कनुपर्ने १२०५ जनामध्ये ८७ जना नेपालीहरु अमेरिकामा ओभरस्टे भए । तीमध्येपनि ७८ जना ओभरस्टे भएरै अमेरिकामा बसिरहे भने ९ जनाले ओभरस्टे भएको केहीसमयपछि अमेरिका छाडे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी हेर्दा सन् २०१६ मा अमेरिकामा विभिन्न गैरआप्रवासी भिसामा रहेका १७६० जना नेपालीहरु ओभरस्टे भए । तर उनीहरुमध्ये २१८ जना नेपालीहरु भने ओभरस्टे भइसकेपछि भएपनि अमेरिका छाडे ।

यसअघि आर्थिक वर्ष सन् २०१५ भित्र अमेरिका छोड्नुपर्ने बी भिसामा आएका १५ हजार ३ सय ३२ जना नेपालीहरुमध्ये १४ हजार ७ सय ६८ जनाले तोकिएको समयमा नै अमेरिका छाडेर नेपाल फर्किएका थिए । तर बाँकी ५६४ जना नेपालीहरु अमेरिकामा ओभरस्टे भए । अमेरिकी सरकारका अनुशार ५६४ जना मध्ये ७२ जना नेपालीहरु भिसाको अवधि सकिएर ओभरस्टे भइसकेपछि अमेरिका छाडेका थिए भने आर्थिक वर्ष २०१५ मा अमेरिका छाडेर नेपाल फर्कनुपर्ने बी भिसामा रहेका ४९२ जना नेपालीहरु भिसाको अवधि सकिएपछि पनि अमेरिकामा नै बसिरहेका छन् ।

त्यस्तै आर्थिक वर्ष सन् २०१४ मा पर्यटकभिसामा आएका ११ हजार ८ सय ९५ जना नेपालीहरु स्वदेश फर्कनुपर्नेमा ३९ जना भिसाको अवधि सकिएपछि ओभरस्टे भएर फर्केका थिए भने अन्य ४ सय १४ जना पर्यटक भिसामा आएका नेपालीहरु भिसा सकिएपछि पनि अमेरिकामा नै बसे, नेपाल फर्केनन् । आर्थिक वर्ष २०१४ मा ओभरस्टे हुने नेपालीहरुको कुल संख्या ४५३ रहेको थियो ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com