२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिका

शनिबार १२ इन्चसम्म हिमपातको अनुमान, तर न्युयोर्क सिटीको मौषम अझै अनुमानबाहिर

यो सप्ताहन्तमा उत्तरपूर्वी भागहरूमा सिजनको पहिलो महत्त्वपूर्ण हिमपात हुने भएको छ भने केही स्थानहरूमा एक फिटसम्म हिउँ पर्ने अनुमान गरिएको छ । तर न्युयोर्क सिटी लगायतका स्थानका बारेमा अनुमान गर्न भने मौषमविदहरु हिचकिचाएका छन् । वर्षा र हिउँको विभाजन ठ्याक्कै कहाँ हुन्छ भन्ने अन्तिम विवरण शनिबार आँधी सुरु नहुँदासम्म थाहा नहुन सक्ने मौसमविद्ले बताएका छन् ।

वर्षा र हिउँ संक्रमणमा सबैभन्दा ठूलो अनिश्चितता दक्षिणपूर्वी पेन्सिल्भेनिया र उत्तरी न्यू जर्सीबाट दक्षिणी न्यू इङ्गल्याण्डमा रहेको मौसम पूर्वानुमान केन्द्रका पूर्वानुमानकर्ताहरूले बताएका छन् । ती क्षेत्रका मानिसहरू अझै पनि हिमपातको सम्भावना र पूर्वानुमानमा परिवर्तनको लागि तयार हुनुपर्छ।

आपतकालीन व्यवस्थापन विभागले शुक्रबार बासिन्दाहरूलाई हिउँ, वर्षा, चिसो हावा र सानो तटीय बाढीको लागि तयारी गर्न चेतावनी दिएको न्यूयोर्क लगायतका अझै पनि हिमपात एक इन्च वा बढी हुनसक्ने सम्भावना कम छ। सेन्ट्रल पार्कमा एकै दिनमा एक इन्च हिउँ नपरेको झन्डै ७ सय दिन भइसकेको छ ।

हिमपात र चिसो वर्षाले पश्चिमी नर्थ क्यारोलिना, पश्चिमी भर्जिनिया र पूर्वी वेस्ट भर्जिनियाको एपलाचियन क्षेत्रमा शुक्रबार रातीदेखि शनिबारसम्म खतरनाक अवस्थाहरू निम्त्याउन सक्छ। वर्षा शनिबार दिउँसो उत्तरपूर्वमा फैलिन सुरु हुनेछ र आइतबारसम्म रहनेछ।

८ देखि १२ इन्चको सबैभन्दा भारी हिउँ न्युयोर्क सिटीको उत्तर र पश्चिम, उत्तरपूर्वी पेन्सिलभेनियादेखि दक्षिणी मेनसम्मको भित्री भागमा पर्ने सम्भावना छ। एकफुट भन्दा बढी हिमपातको सम्भावना रहेको मौषमविदको भनाई छ । वर्षाबाट हिउँमा ट्रान्जिसन लाइन इन्टरस्टेट ९५ कोरिडोरको छेउमा स्थापित हुनेछ । तटीय क्षेत्रमा भारी हिमपातको साटो बर्षामिश्रित बरफ पर्ने सम्भावना पनि रहेको छ ।

कनेक्टिकट, रोढ आइल्याण्ड र म्यासाचुसेट्समा भारीमात्रामा बर्षाका साथमा बरफ पर्नुका साथै तेज हावाको संयोजनले विद्युत आपूर्तिमा अवरोध आउनुका साथै रूखहरु ढल्न सक्छन् । क्वीन्सको लागुआर्डिया विमानस्थल आसपासमा २ इन्चसम्म हिमपातको सम्भावना ४२ प्रतिशत देखाइएको छ । मौसमविद्को पूर्वानुमानमा भएको हिचकिचाहटले आँधीको ट्र्याकमा केही भिन्नता आउनसक्छ ।

न्यूयोर्कको मौसम सेवाका अनुशार यदि तूफानले टाढाको तटीय क्षेत्रलाई ट्र्याक गरेमा वा अझ बलियो भएमा वर्षा र हिउँको बीचको विभाजन दक्षिणपूर्व सर्नेछ । जसको परिणामस्वरूप न्यूयोर्क शहर र तटमा उच्च हिमपात हुनेछ। पूर्वानुमानकर्ताहरूले आफ्नो कम्प्युटर मोडेलहरूमा देखिएको सबैभन्दा भर्खरको अपडेट अनुशार आइतवारको आँधीको अन्त्यतिर ऊर्जाको माध्यमिक विस्फोटलाई संकेत गरेको बताएका छन् । यो अतिरिक्त ऊर्जाले आइतबार वर्षालाई लम्ब्याउन सक्छ र चिसो हावालाई तट नजिकका क्षेत्रहरूमा प्रवेश गर्न थप अवसर प्रदान गर्न सक्छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →