टेक्सासमा कार दुर्घटनामा निधन भएका गुरुङको ४ हप्तापछि अमेरिकामा नै दाहसंस्कार गरिने


प्रकाशित मिति : पुस १९, २०८० बिहीबार

टेक्सासमा कार दुर्घटनामा निधन भएका श्री गुरुङको ४ हप्तापछि अमेरिकामा नै दाहसंस्कार गरिने भएको छ । नेपालमा रहेका परिवारले भिसा लिन प्रयास गर्दा असफल भएपछि परिवारको सहमतिमा गुरुङको अमेरिकामा नै दाहसंस्कार गरिने ग्रेटर अष्टिन नेपाली सोसाइटीले जनाएको छ ।

नेपालको रुकुमका ३१ बर्षीय गुरुङ टेक्सासको अस्टिन शहरमा बस्दै आउका थिए । गत डिसेम्बर ९ मा बेलुका साढे ९ बजेतिर कामबाट कोठामा फर्कने क्रममा उनको कार दुर्घटनामा  निधन भएको थियो ।

करिव ८ महिना अघि मात्र आएका श्री गुरुङको परिवारमा नेपालमा श्रीमती, २ छोराहरु र बुबा रहेका छन् । उनको दाहसंस्कार जनवरी ७ आइतबार प्रोभिडेन्स जोन्स फेमिली फ्युनरल होममा दिउसो १२ बजे गरिने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com