अमेरिकामा रहेका बाबुआमाका २७ सय छोराछोरीमाथि अमेरिका प्रवेशमा अवरोध


प्रकाशित मिति : भाद्र १, २०७४ बिहीबार

आज ट्रम्प प्रशासनले ओबामा युगको एउटा कार्यक्रमलाई औपचारिक रुपमा खारेज गरिदिएको छ, जुन कार्यक्रमले अमेरिकामा रहेका बाबुआमाका २१ बर्ष मुनीका छोराछोरीहरुलाई अमेरिका आउन बाटो खुल्ला गरिदिएको थियो । यो कार्यक्रमले मध्य अमेरिकी देशका केटाकेटीहरुलाई अमेरिकामा अस्थायी रुपमा बसोबास गर्नका लागि कानुनी हैसियत प्रदान गर्दै आएको थियो ।

कार्यक्रमको खारेजीसँगै शर्तसहित अमेरिका आउने स्वीकृति पाइसकेका अमेरिकामा रहेका बाबुआमाका २७ सय छोराछोरी अब अमेरिका आउन नपाउने भएका छन् । सन् २०१४ मा ओबामा प्रशासनले एल साल्भाडोर, ग्वाटेमाला र होण्डुरसबाट अमेरिकामा गैरकानुनी रुपमा छिरेकाहरुका लागि विशेष कार्यक्रम ल्याएको थियो । त्यो कार्यक्रम खारेज भइसकेपछि अब अमेरिका आउने स्वीकृति पाइसकेकाका परिवारले अध्यागमनको अन्य च्यानलबाट फरक आवेदन अगाडि बढाउनुपर्ने भएको छ ।

त्यसका अतिरिक्त सेन्ट्रल अमेरिकन माइनर कार्यक्रम अन्तरगत अमेरिकामा आइसकेका १४६५ जना केटाकेटीहरुलाई पनि उनीहरुको स्टेटस रिन्यु गर्न अनुमति नदिइने भएको छ । उनीहरुपनि अब आफ्नो अमेरिका बसाई लम्बाउन अरु तरिकाबाट अगाडि बढ्नुपर्ने भएको छ ।

अमेरिकामा रहेका मध्य अमेरिकन देशका आप्रवासीहरुसँग उनीहरुका छोराछोरीहरुलाई अमेरिका ल्याउने केही सिमित उपायहरुमात्र रहेकोमा ट्रम्प प्रशासनले त्यसमा पनि अझ सिमितता कायम गरेको हो । यसअघि एल साल्भाडोर, होण्डुरस, ग्वाटेमाला जस्ता मुलुकहरुमा हिंशाको सामना गरिरहेका टिनएजरहरुलाई ओबामा प्रशासनले अमेरिकामा आउनका लागि परोल प्रदान गर्दै आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मध्य अमेरिकी माइनर प्रोगामले अमेरिकामा कानुनी रुपमा रहेकाहरुलाई उनीहरुका छोराछोरीहरुलाई अमेरिकामा ल्याउनका लागि अनुमति माग्न सकिने प्रावधान राखेको थियो । तर त्यो प्रावधानमा पुनरावलोकन गरिएपछि उत्पन्न नयाँ अवस्था मानवतस्करका लागि भने वरदान सावित भएको बताइएको छ । किनभने कानुनी बाटो बन्द भएपछि अमेरिका आउनका लागि मानवतस्करको सहायता खोज्न थालिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com