टेक्सासमा अत्याधिक गर्मी, केही स्थानमा तापक्रम १२५ डिग्री फरेनहाइट, विद्युत आपूर्तिमा अवरोध


प्रकाशित मिति : ९ असार २०८०, शनिबार

(230622) — TEXAS, June 22, 2023 (Xinhua) — This photo taken on June 21, 2023 shows a temperature display reading 99 degrees Fahrenheit (about 37.2 degrees Celsius) in late afternoon in Houston, Texas, the United States. An “oppressive” heat wave is continuing scorching the south central U.S. state of Texas, where triple digit temperatures are expected to last for the next several days, forecasters said on Wednesday. (Photo by Chen Chen/Xinhua)

दशौं हजार मानिसहरू बिजुली र एयर कन्डिशनको अभावमा रहेको बेला टेक्सासमा रेकर्ड तोड्ने गर्मीको लहर तेस्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकामा ४ करोडभन्दा बढी मानिस गर्मीको चेतावनीमा छन्। टेक्सासका शहरहरूमा गर्मीले अहिलेसम्मकै रेकर्डहरु तोडेको छ । जसले तापमान र आर्द्रता संयोजन गर्दछ।

कर्पस क्रिस्टीमा तापक्रम १२५ डिग्री फरेनहाइट अर्थात् ५१ डिग्री सेल्सियस पुगेको थियो भने रियो ग्रान्डे भिलेजमा ११८ डिग्री फरेनहाइट अर्थात् ४७ डिग्री सेल्सियस पुगेको थियो । डेल रियोमा तापक्रम ११५ डिग्री फरेनहाइट पुगेको थियो । न्यु मेक्सिको, लुजियाना, अर्कान्सास, कन्सास र मिजौरी लगायतका राज्यहरूले पनि चर्को गर्मीको अनुभव गरिरहेका छन् । राष्ट्रिय मौसम सेवाले तापक्रम थप बढ्ने र जुलाई ४ को हप्तासम्म रहने भविष्यवाणी गरेको छ।

टेक्सासमा एउटा भवनको सिसाको पर्खालबाट सूर्यको किरण प्रतिबिम्बित भएको दृश्य । टेक्सासमा तीन अंकको तापक्रम आगामी केही दिनसम्म रहने अनुमान गरिएको छ । चेन चेन / सिन्ह्वा

विनाशकारी आँधीबेहरीको सप्ताहन्तपछि गर्मी बढेको हो । जसले हजारौं मानिसहरूका घरमा विद्युत आपूर्तिमा अवरोध आएको थियो । तापको गुम्बज मेक्सिको र अमेरिकाको दक्षिण पश्चिमका केही भागहरू माथि बसेको छ भने तातो समुद्री हावाको कारणले गर्दा वायुमण्डलमा फसेको छ।

यी अवस्थाहरू यस क्षेत्रका मानिसहरूका लागि धेरै तनावपूर्ण रहेको तथा वास्तवमै तीव्र, फराकिलो र लामो समयसम्म चल्ने घटना भइरहेको मौषमविदहरुको भनाई छ । मान्छेकै कारणले जलवायु परिवर्तनका कारण यी अवस्थाहरूलाई पाँच गुणा बढी सम्भावित बनाएको कतिपय मौषमविदको तर्क छ ।

टेक्सासको ह्युस्टनमा रहेको वाटरवाल पार्कमा जुन २१, २०२३ मा एक बालक खेल्दै र चिसो पार्दै। चेन चेन / सिन्ह्वा

यस हप्ताको सुरुमा, टेक्सासको पावर युटिलिटीले प्रयोगकर्ताहरूलाई ग्रिडमा तनाव कम गर्न एयर कन्डिशन चलाउनमा कटौती गर्न आग्रह गरेको थियो । तातो र विजुलीको अभावका कारण तुलसा, ओक्लाहोमा क्षेत्रका आपतकालिन दलहरूले अत्याधिक फोनकलको जवाफ दिनु परेको थियो भने ज्याक्सन, मिसिसिपीमा, बासिन्दाहरूले लगभग १ सय घण्टासम्म विजुली र एसी नभएको रिपोर्ट गरेका थिए ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अमेरिकामा हरेक वर्ष औसतमा ७०२ जनाको गर्मी सम्बन्धी मृत्यु हुने गरेको छ। सन् २०२१ मा ओरेगनमा ६९ जना मानिस अत्याधिक गर्मीका कारणले मरेका थिए । बिहीबार ओरेगन काउन्टीले फोसिल इन्धन कम्पनीहरू विरुद्ध मुद्दा दायर गर्दै तेल र ग्यास कम्पनीहरू तातो लहरको लागि जिम्मेवार भएको दावी गरेको छ ।

टेक्सासको ह्युस्टनमाथिकोआकाशमा चट्याङ परेको दृश्य । चेन चेन /सिन्ह्वा

अत्याधिक गर्मीले वृद्ध वयस्कहरू, साना बालबालिकाहरू, गर्भवती महिलाहरू, दीर्घकालीन रोग भएका मानिसहरू र बाहिरी कामदारहरूलाई विशेष स्वास्थ्य र सुरक्षा जोखिमहरू रहेको छ । न्यून आय भएका बासिन्दाहरूले गर्मीको उच्च बोझ वहन गर्छन् । किनभने तिनीहरूले गर्मीलाई बढावा दिने उद्योगहरूमा काम गर्छन् भने तातो बढाउने राजमार्गहरूको नजिकमा बस्छन् । कमजोर समुदायहरूमा घरमा समेत पर्याप्त वातानुकूलितको अभाव हुन सक्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com