रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँच दिनको नवजात शिशुसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोरा रहेका छन्। दुर्घटनामा परेर आठ जना घाइते भएका छन्। उनीहरुलाई उद्धार गरेर उपचारको पठाइएको छ।
सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको सदरमुकाम खलंगा जान लागेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा दुर्घटनामा परेको हो।
जिपमा १४ जना सवार रहेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ। जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ। दुर्घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।