नक्कली भूटानी शरणार्थी प्रकरण छानबिनको स्वागत तथा समर्थन


प्रकाशित मिति : बैशाख २८, २०८० बिहीबार

जवाफदेहिता निगरानी समितिले नक्कली भूटानी शरणार्थी प्रकरण छानबिन गरी कानूनी दायरमा ल्याउने कार्यप्रति स्वागत तथा समर्थन गरेको छ ।

“नेपाल सरकारको उच्च राजनीतिक एवं प्रशासनिक संलग्नता, संरक्षण एवं प्रभावमा ठूलो रकम ठगी गरी नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर तेस्रो मुलुकमा पठाउने गरेको देखियो” समितिका संयोजक चरण प्रसाईंले  प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “सङ्गठित अपराधमा सक्रिय गिरोहविरुद्ध नेपाल प्रहरीले तदारुकताका साथ अगाडि बढाएको छानबिन तथा अनुसन्धान प्रक्रियालाई जवाफदेहिता निगरानी समिति हार्दिक स्वागत गर्दछ ।”

विगत लामो समयदेखि राजनीतिक संरक्षणमा मुलुकभित्र मौलाउँदै गएको भ्रष्टाचार, सङ्गठित अपराध र कुशासनको दुष्चक्रलाई मलजल गर्ने काम भइरहेको यस प्रकरणले उजागर गरेको विज्ञप्तिमा उल्लेख छ ।

“सत्ताको दुरुपयोग गरी नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर तेस्रो मुलुकमा पठाउनुका साथै मानव तस्करी, ठगी एवं भ्रष्टाचारजन्य कार्यमा प्रत्यक्ष वा परोक्षरूपमा संलग्न रहने व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउन नेपाल प्रहरीले अगाडि बढाएको छानबिन तथा कानूनी प्रक्रियाले जनसमुदायमा कानूनी शासनप्रति आशा र विश्वासको सञ्चार गराएको जवाफदेहिता निगरानी समितिले अनुभव गरेको छ”, समितिले भनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नक्कली भूटानी शरणार्थी प्रकरण ठगीसम्बन्धी अपराध मात्रै नभएर राज्यशक्तिको चरम दुरुपयोगका साथै मानव तस्करी एवं देश र जनताविरुद्ध गरिएको निकृष्ट विश्वासघात एवं संगठित योजनाबद्ध अपराध भएको समितिको ठहर छ ।

यस प्रकृतिको घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कुनै पनि राजनीतिक दबाब, प्रभाव वा चलखेलमा नफसी उच्च मनोबलका साथ स्वच्छ, निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरी राष्ट्रको विश्वसनीयता, इज्जत तथा प्रतिष्ठा जोगाउन नेपाल प्रहरी र नेपाल सरकारका सम्बन्धित निकायहरूसँग समितिले माग गरेको छ । कानूनी शासन, मानवअधिकार र न्याय प्रवर्द्धनतर्फका हरेक प्रयत्नलाई जवाफदेहिता निगरानी समिति खुलेर समर्थन र प्रतिरक्षा गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com