सुडानमा द्वन्द्व सुरु भएपछि ५ लाख मानिस घरबार विहीन
प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार
Sudanese refugees cross into Chad near Koufroun, Echbara, on May 1, 2023. – Hundreds of Sudanese, most of them women and children, each day cross a small, dry stream to find safety in neighbouring Chad. At least 20,000 people had found refuge at a makeshift camp in the Chadian border village of Koufroun, according to the United Nations refugee agency UNCHR, which manages their influx along with other UN agencies. (Photo by Gueipeur Denis SASSOU / AFP)
सुडान नियन्त्रणका लागि लडिरहेका प्रतिद्वन्द्वी सैन्य समूहहरू एकहप्ता युद्धविराममा गर्न सहमत भएका छन्। यो युद्धविराम मे ४ बाट लागू हुनेछ । दक्षिण सुडानले दुई पक्षबीच भएको यो सम्झौताको घोषणा गरेको छ।
दक्षिण सुडानले शान्ति वार्ताका लागि आफ्ना प्रतिनिधि पठाउन दुवै पक्ष सहमत भएको जनाएको छ । तर, यसअघि दुई पक्षबीच भएको युद्धविराम टिक्न नसकेको र दुवैले एकअर्कालाई सम्झौता तोडेको आरोप लगाएका छन् ।
१८ दिनअघि सुडानी सेना र अर्धसैनिक बल आरएसएफबीच सुरु भएको लडाइका कारण हालसम्म ५ लाख मानिसले आफ्नो घर छाड्नुपरेको छ ।
राजधानी खार्तुममा मंगलबार पनि भिडन्त जारी रह्यो । पश्चिमी क्षेत्र डार्फरमा पनि भीषण लडाई सुरु भएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार १५ अप्रिलमा द्वन्द्व सुरु भएयता १ लाखभन्दा बढी मानिसले देश छोडेका छन् ।
यदि युद्ध नरोकिए सुडानमा भयंकर विनाश हुने अधिकारीहरूले बताएका छन्। सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार यस लडाइमा अहिलेसम्म ५ सय भन्दा बढीको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन् ।





