सुडानमा द्वन्द्व सुरु भएपछि ५ लाख मानिस घरबार विहीन


प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार

सुडान नियन्त्रणका लागि लडिरहेका प्रतिद्वन्द्वी सैन्य समूहहरू एकहप्ता युद्धविराममा गर्न सहमत भएका छन्। यो युद्धविराम मे ४ बाट लागू हुनेछ । दक्षिण सुडानले दुई पक्षबीच भएको यो सम्झौताको घोषणा गरेको छ।

दक्षिण सुडानले शान्ति वार्ताका लागि आफ्ना प्रतिनिधि पठाउन दुवै पक्ष सहमत भएको जनाएको छ । तर, यसअघि दुई पक्षबीच भएको युद्धविराम टिक्न नसकेको र दुवैले एकअर्कालाई सम्झौता तोडेको आरोप लगाएका छन् ।

१८ दिनअघि सुडानी सेना र अर्धसैनिक बल आरएसएफबीच सुरु भएको लडाइका कारण हालसम्म ५ लाख मानिसले आफ्नो घर छाड्नुपरेको छ ।

राजधानी खार्तुममा मंगलबार पनि भिडन्त जारी रह्यो । पश्चिमी क्षेत्र डार्फरमा पनि भीषण लडाई सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार १५ अप्रिलमा द्वन्द्व सुरु भएयता १ लाखभन्दा बढी मानिसले देश छोडेका छन् ।

यदि युद्ध नरोकिए सुडानमा भयंकर विनाश हुने अधिकारीहरूले बताएका छन्। सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार यस लडाइमा अहिलेसम्म ५ सय भन्दा बढीको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com