बाइडेन फेरि अमेरिकाको राष्ट्रपतिमा उठ्ने (भिडियो सहित)


प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार

NEW YORK, NEW YORK – JANUARY 31: U.S. President Joe Biden gives a speech on infrastructure at the West Side Yard on January 31, 2023 in New York City. President Biden traveled to New York to speak about how the passage of the the bipartisan infrastructure law will help fund the Hudson River tunnel project and improve reliability for the 200,000 passenger trips per weekday on Amtrak and NJ Transit. Michael M. Santiago/Getty Images/AFP (Photo by Michael M. Santiago / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले एक भिडियोमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन् ।

तीन मिनेटको यो भिडियोमा एउटा शब्द ‘स्वतन्त्रता’ मा विशेष जोड दिइएको छ।

८० वर्षीय बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् । सन् २०२४ मा हुने चुनाव जितेमा २०२९ मा दोस्रो पूर्ण कार्यकालपछि उनी ८६ वर्षका हुनेछन् ।

अमेरिकाका ४६ औँ राष्ट्रपति जो बाइडेनले भिडियोमा गर्भपतन अधिकार, लोकतन्त्रको संरक्षण, मतदानको अधिकार र सामाजिक सुरक्षालाई सन् २०२४ मा हुने चुनावमा सबैभन्दा महत्वपूर्ण विषय हुने बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com