बाइडेन फेरि अमेरिकाको राष्ट्रपतिमा उठ्ने (भिडियो सहित)


प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले एक भिडियोमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन् ।

तीन मिनेटको यो भिडियोमा एउटा शब्द ‘स्वतन्त्रता’ मा विशेष जोड दिइएको छ।

८० वर्षीय बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् । सन् २०२४ मा हुने चुनाव जितेमा २०२९ मा दोस्रो पूर्ण कार्यकालपछि उनी ८६ वर्षका हुनेछन् ।

अमेरिकाका ४६ औँ राष्ट्रपति जो बाइडेनले भिडियोमा गर्भपतन अधिकार, लोकतन्त्रको संरक्षण, मतदानको अधिकार र सामाजिक सुरक्षालाई सन् २०२४ मा हुने चुनावमा सबैभन्दा महत्वपूर्ण विषय हुने बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com