‘एउटा सपनाको अवसान’ मञ्चनको समय थपियो


प्रकाशित मिति : बैशाख ११, २०८० सोमबार

रङ्गकर्मी अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘यौटा सपनाको अवसान’ मण्डला नाटकघरमा मञ्चन भइरहेको छ ।

सन् १९४९ मा अमेरिकामा पहिलो पटक मञ्चन भएको अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’लाई निर्देशक बरालले समसामयिक बनाएर प्रस्तुत गर्नुभएको हो । वैशाख १० गते नाटकको नियमित मञ्चन सकिए तापनि तीन दिनका लागि मञ्चन हुने अवधि थप गरिएको छ । नाटक अब सोमबार, मङ्गलबार र बुधबार पनि मञ्चन हुनेछ ।

“दर्शकमार्फत प्राप्त प्रतिक्रियाकै आधारमा समय थप गरेका हौँ”, निर्देशक बरालले भन्नुभयो । लागत खर्चिलो हुँदा मञ्चन गरिहाल्ने हिम्मत जुटाउन नसकेको निर्देशक बरालले जानकारी दिनुभयो ।

नयाँ नाटक गर्ने छलफलमा गोविन्द पराजुलीले निर्माणको अभिभारा लिनुभएपछि नाटक मञ्चन भएको हो । नाटकमा रोयदिभ श्रेष्ठ, शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विकास जोशी, उत्पल झालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“ठूलो सेट र ठूलो कलाकारको समूह दोहो¥याएर जुटाउन गाह्रो छ । त्यसैले जुटेकै समयमा सोमबारको बिदामा पनि नाटक मञ्चन गर्दैछौँ”, निर्माता पराजुलीले भन्नुभयो । नाटकले सपनाको आकर्षणले मानिसलाई यन्त्रमा रुपान्तरण गर्ने र मानिस अधुरा आकांक्षा र सपनासँग जीवन त्याग गर्न बाध्य हुने कथा प्रस्तुत गर्छ ।

नाटकको मञ्चन गएको वर्ष २०७९ चैत १० गतेदेखि सुरु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com