आत्मसर्पणपछि पक्राउ परेका ट्रम्पलाई अदालतमा पेश गरिदै, मगसट नलिइने, हथकडी नलगाइने
प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार
Police guard the entrance to the Manhattan District Attorney’s offices outside Manhattan Criminal Court, Tuesday, April 4, 2023, in New York. Former President Donald Trump is facing multiple charges of falsifying business records, including at least one felony offense, in the indictment handed up by a Manhattan grand jury. (AP Photo/John Minchillo)
डोनाल्ड ट्रम्पले मंगलबार आपराधिक मुद्दामा प्रतिवादीको रूपमा जीवनमा आफ्नो पहिलो कदम चालेका छन् । उनले म्यानहटन डिस्ट्रिक्ट एटोर्नी कार्यालयमा एक पोर्न स्टारलाई रकम भुक्तानीमा उनको भूमिकाको लागि दर्जनौं आपराधिक आरोपहरूको सामना गर्न आत्मसमर्पण गरेका छन् ।
ट्रम्पसहित उनका ११ वटा गाडीको लस्कर पहिले डिस्ट्रिक्ट एटोर्नी कार्यालयमा साढे १ बज्नु अगाडि पुगेका थिए । जहाँ उनलाई पक्राउ गरिएको छ । अदालतमा उनको अभियोग अघि उनलाई अब प्रहरी हिरासतमा राखिएको छ । उनी आधिकारिक रूपमा आपराधिक आरोपहरू सामना गर्ने इतिहासमा पहिलो वर्तमान वा पूर्व अमेरिकी राष्ट्रपति बन्नेछन्।

ट्रम्पलाई गिरफ्तारीको एक भागको रूपमा फिंगरप्रिन्ट गरिने अपेक्षा गरिएको छ । यद्यपि उनको मगसट नलिइने जनाइएको छ । उनलाई सबा २ बजे अदालतमा ल्याइनेछ, जहाँ अभियोग लगाइनेछ । ट्रम्पलाई हथकडी लगाइने छैन, किनकि उनी निरन्तर प्रहरीको संरक्षणमा रहनेछन्।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा उपस्थीत हुनका लागि ट्रम्प टावरबाट निस्केको १५ मिनेटमा म्यानहटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयमा पुगेका थिए । ट्रम्पले भवनबाट बाहिर निस्कँदा हात हल्लाएका थिए ।
ट्रम्पको झलक पाउन प्रयास गर्न पत्रकारहरूको ठूलो भीड र दुबै समर्थक र ट्रम्प विरोधी पक्षधरहरू अदालतको बाहिर जम्मा भएका छन् । ट्रम्पले आपराधिक अभियोगको सामना गर्ने पहिलो पूर्व अमेरिकी राष्ट्रपति हुन्।
ट्रम्पलाई न्युयोर्क समय अनुशार दिउँसो २ बजेर १५ मिनेटमा अदालतमा उपस्थित गराउने कार्यक्रम छ। त्यसपछि उनले तुरुन्तै फ्लोरिडामा आफ्नो घर मार ए लागो फर्कने योजना बनाएका छन् ।





