आत्मसर्पणपछि पक्राउ परेका ट्रम्पलाई अदालतमा पेश गरिदै, मगसट नलिइने, हथकडी नलगाइने


प्रकाशित मिति : चैत्र २१, २०७९ मंगलबार

डोनाल्ड ट्रम्पले मंगलबार आपराधिक मुद्दामा प्रतिवादीको रूपमा जीवनमा आफ्नो पहिलो कदम चालेका छन् । उनले म्यानहटन डिस्ट्रिक्ट एटोर्नी कार्यालयमा एक पोर्न स्टारलाई रकम भुक्तानीमा उनको भूमिकाको लागि दर्जनौं आपराधिक आरोपहरूको सामना गर्न आत्मसमर्पण गरेका छन् ।

ट्रम्पसहित उनका ११ वटा गाडीको लस्कर पहिले डिस्ट्रिक्ट एटोर्नी कार्यालयमा साढे १ बज्नु अगाडि पुगेका थिए । जहाँ उनलाई पक्राउ गरिएको छ । अदालतमा उनको अभियोग अघि उनलाई अब प्रहरी हिरासतमा राखिएको छ । उनी आधिकारिक रूपमा आपराधिक आरोपहरू सामना गर्ने इतिहासमा पहिलो वर्तमान वा पूर्व अमेरिकी राष्ट्रपति बन्नेछन्।

ट्रम्पलाई गिरफ्तारीको एक भागको रूपमा फिंगरप्रिन्ट गरिने अपेक्षा गरिएको छ । यद्यपि उनको मगसट नलिइने जनाइएको छ । उनलाई सबा २ बजे अदालतमा ल्याइनेछ, जहाँ अभियोग लगाइनेछ । ट्रम्पलाई हथकडी लगाइने छैन, किनकि उनी निरन्तर प्रहरीको संरक्षणमा रहनेछन्।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा उपस्थीत हुनका लागि ट्रम्प टावरबाट निस्केको १५ मिनेटमा म्यानहटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयमा पुगेका थिए ।  ट्रम्पले भवनबाट बाहिर निस्कँदा हात हल्लाएका थिए ।

ट्रम्पको झलक पाउन प्रयास गर्न पत्रकारहरूको ठूलो भीड र दुबै समर्थक र ट्रम्प विरोधी पक्षधरहरू अदालतको बाहिर जम्मा भएका छन् । ट्रम्पले आपराधिक अभियोगको सामना गर्ने पहिलो पूर्व अमेरिकी राष्ट्रपति हुन्।

ट्रम्पलाई न्युयोर्क समय अनुशार दिउँसो २ बजेर १५ मिनेटमा अदालतमा उपस्थित गराउने कार्यक्रम छ। त्यसपछि उनले तुरुन्तै फ्लोरिडामा आफ्नो घर मार ए लागो फर्कने योजना बनाएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com