अमेरिकामा विनाशकारी आँधी : धनजनको ठूलो क्षति, ९३ हजार जनता अन्धकारमा बस्न बाध्य


प्रकाशित मिति : चैत्र १७, २०७९ शुक्रबार

अमेरिकाको दक्षिणी राज्य अर्कान्सासमा शुक्रबार आएको विनाशकारी आँधीले ठूलो क्षति पुर्याएको छ । राष्ट्रिय मौसम सेवाका अनुसार करिब २ करोड ८० लाख मानिस यस आँधीको चपेटामा परेका छन् ।राष्ट्रिय मौसम सेवाले अवस्थालाई ‘धेरै गम्भीर’ भनेको छ।

उत्तरपूर्वी इलिनोइस, उत्तरपश्चिम इन्डियाना, दक्षिणी विस्कॉन्सिन, र लेक मिशिगन टोर्नाडोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू हुन्। प्रभावित क्षेत्रमा ११० किलोमिटरभन्दा बढी हावाको गति र ठूलो असिना पर्न सक्ने खतरा रहेको छ । यस आँधीका कारण अर्कान्सासमा विद्युत आपूर्ति ठप्प भएको छ । प्रदेशका ९३ हजार जनता अन्धकारमा बस्न बाध्य भएको अनुमान छ ।

अर्कान्सासको सबैभन्दा ठूलो सहर लिटिल रक यस टोर्नाडोबाट धेरै प्रभावित भएको छ। मेयर फ्रान्क स्कट जुनियरले ट्वीटरमा लेखेका छन्, ‘अहिलेसम्म हामीलाई खबर आएर अनुसार लिटिल रकको अस्पतालमा २४ जना मानिस घाइते भएर भर्ना भएका छन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस आँधीका कारण धनमालमा ठूलो क्षति पुगेको उनले बताए । राज्यका धेरै ठाउँमा रुख ढलेका कारण सडकमा सवारी आवागमन प्रभावित भएको छ । धेरै मानिसका घर ध्वस्त भएका छन् ।

योसँगै लिटिल रकबाट १७० किलोमिटर उत्तरपूर्वमा रहेको वेन सहर पनि आँधीको चपेटामा परेको छ ।

अर्कान्सासका गभर्नर साराह स्यान्डर्सले ट्वीटरमा लेखेकी छन्, “राज्य स्रोतको उचित प्रयोगका लागि नयाँ जानकारी र निर्देशनहरू उपलब्ध गराउन स्थानीय अधिकारीहरूसँग सम्पर्कमा छु। कृपया स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्नु होला ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com