अन्तर्राष्ट्रिय फौजदारी अदालतले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी अधिकारी मारिया अलेक्सेभना लभोभा बेलोभाविरुद्ध युक्रेनी बालबालिकालाई देश निकाला गरेको आरोपमा युद्ध अपराधको पक्राउ पुर्जी जारी गरेको छ।
अदालतले अपराधहरूका लागि पुटिन व्यक्तिगत रुपमा जिम्मेबार रहेको विश्वास गर्ने उचित आधारहरू रहेको उल्लेख गरेको छ । साथै उनले कार्यहरू गर्ने सिभिल र सैन्य मातहतका कर्मचारीहरूमाथि उचित नियन्त्रण प्रयोग गर्न असफल भएकोमा समेत पुटिन जिम्मेबार रहेको अदालतको भनाई छ ।
गत वर्ष युक्रेनमा आफ्नो अप्रत्याशित आक्रमण सुरु गरेदेखि मस्कोमा अधिकारीहरू विरुद्ध औपचारिक रूपमा मुद्दा दायर गरिएको यो पहिलो घटना हो।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका चीफ अफ स्टाफ एन्ड्री येर्माकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गरेको गिरफ्तारी वारेन्ट सुरुवात मात्रै भएको बताएका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।