अन्तर्राष्ट्रिय अदालतबाट पुटिनविरुद्ध युद्ध अपराधको गिरफ्तारी वारेन्ट जारी


प्रकाशित मिति : चैत्र ३, २०७९ शुक्रबार

अन्तर्राष्ट्रिय फौजदारी अदालतले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी अधिकारी मारिया अलेक्सेभना लभोभा बेलोभाविरुद्ध युक्रेनी बालबालिकालाई देश निकाला गरेको आरोपमा ​​युद्ध अपराधको पक्राउ पुर्जी जारी गरेको छ।

अदालतले अपराधहरूका लागि पुटिन व्यक्तिगत रुपमा जिम्मेबार रहेको विश्वास गर्ने उचित आधारहरू रहेको उल्लेख गरेको छ । साथै उनले कार्यहरू गर्ने सिभिल र सैन्य मातहतका कर्मचारीहरूमाथि उचित नियन्त्रण प्रयोग गर्न असफल भएकोमा समेत पुटिन जिम्मेबार रहेको अदालतको भनाई छ ।

गत वर्ष युक्रेनमा आफ्नो अप्रत्याशित आक्रमण सुरु गरेदेखि मस्कोमा अधिकारीहरू विरुद्ध औपचारिक रूपमा मुद्दा दायर गरिएको यो पहिलो घटना हो।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका चीफ अफ स्टाफ एन्ड्री येर्माकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गरेको गिरफ्तारी वारेन्ट सुरुवात मात्रै भएको बताएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com