पिरामिडको देशमा, नेपाली वसन्त उत्सव


प्रकाशित मिति : फाल्गुन २८, २०७९ आईतबार

इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार साम्राले नेपाली कला, संस्कृति र परम्पराको विविधता तथा सम्पन्नताको वर्णन गर्दै आफूले सगरमाथा आरोहण गर्दाको अनुभवबारे प्रवचन दिनुभएको थियो ।

अर्का सगरमाथा आरोही शरीफ ओबाल्डले साहसिक खेलका लागि नेपालका अद्वितीय स्थानको वर्णन गर्दै त्यस्ता खेलले मानिसलाई शारीरिक, मानसिक एवं भावनात्मकरूपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेबारे चर्चा गर्नुभएको इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ ।

कार्यक्रममा इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले यस कार्यक्रमले इजिप्टका नागरिकमाझ नेपालको अद्भूत प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं पर्यटकीय आकर्षणबारे जानकारी हुने बताउनुभयो ।

उहाँले दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउन यस्ता कार्यक्रम आवश्यक पर्ने उल्लेख गर्नुभयो । कायरोस्थित विश्वस्वास्थ्य सङ्गठनमा कार्यरत खुस्बु गुप्ताले योग प्रणालीको उन्नयनमा योगभूमि नेपालको योगदानबारे चर्चा गर्दै योगाभ्याससहित एक प्रयोगात्मक प्रस्तुति गर्नुभएको थियो । पूर्वराजदूत अब्दुल फत्तेहले महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘घाँसी’ कविताको अरबी अनुवाद पढेर सुनाउनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी नेपालका लागि इजिप्टका अर्का पूर्वराजदूत इमाम मुस्तफाले नेपाल तथा इजिप्टबीचको द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गर्नुभएको थियो । कायरोस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषमा कार्यरत अमित ढुङ्गेलले नेपालको सांस्कृतिक धरोहरलाई इजिप्टमा चिनाउन यो कार्यक्रम धेरै उपयोगी हुने बताउनुभयो ।

आगामी दिनमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिलाई निरन्तरता दिएर इजिप्टका नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्न सकिने प्रशस्त सम्भावना रहेको उहाँले औँल्याउनुभयो । कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य प्रस्तुतिका साथै फागूपूर्णिमाको अवसरमा रङ्गोत्सव मनाइएको थियो । कार्यक्रममा कायरोस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिज्ञ, पत्रकार, व्यवसायी, विद्यार्थी एवं अन्य विशिष्ट व्यक्ति गरी करिब एकसय जना बढीको सहभागिता थियो ।

सो अवसरमा नेपालको झन्डा, पशुपतिनाथ मन्दिर र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुन्डो, खुकुरी, मयुर आँखी झ्याल, सिंगिङ बाउल, मादल, मुर्चुङ्गा एवं ढाकाका सजावट सामग्रीसहित नेपाली मौलिक कला तथा संस्कृति झल्किने विविध कलाकृति तथा हस्तकलाका सामग्री प्रदर्शन गरिएको थियो । साथै नेपालको पर्यटन प्रवद्र्धनसँग सम्बन्धित पुस्तिका र पोस्टर वितरण एवं नेपाल पर्यटन बोर्डद्वारा निर्मित नेपालबारे जानकारीमूलक श्रव्यदृश्यसमेत प्रस्तुत गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com