रणनीतिक साझेदारी विस्तार गर्न इरानी राष्ट्रपति रायसी चीन भ्रमणमा


प्रकाशित मिति : फाल्गुन २, २०७९ मंगलबार

इरानका राष्ट्रपति इब्राहिम रायसी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तीनदिने राजकीय भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ । विदेश, अर्थ, सडक तथा यातायता, ऊर्जा, उद्योग, खानी तथा व्यापार, कृषिमन्त्री, केन्द्रीय ब्याङ्कका प्रमुखसहित उच्च अधिकारी उहाँको प्रतिनिधिमण्डलमा हुनुहुन्छ ।

इरानी राष्ट्रपतिले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङसँग ग्रेट हल अफ द पिपलमा भेटवार्ता गर्ने तथा पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । बीस वर्षपछि इरानी राष्ट्रपति चीनको भ्रमणमा हुनुहुन्छ । दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता हुने इरानी समाचार समिति इर्नाले जनाएको छ ।

सुदृढ एवम् सुमधुर सम्बन्ध कायम गरेका चीन र इरानले सन् २०२१ मा ऊर्जा, पारवहन, कृषि, व्यापार तथा लगानीका क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्न २५ वर्षे रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए ।

करिब एक वर्षअघि शुरु भएको युक्रेन युद्धलाई लिएर चीन र इरानले पश्चिमा राष्ट्रको दबाब झेलिरहेका छन् भने अमेरिकाले तेहरानको आणविक कार्यक्रमलाई लिएर नाकाबन्दी लगाएको छ । रुसको सहयोगीका रुपमा इरान उभिएकाले उसलाई अन्तर्राष्ट्रिय समुदायले एक्ल्याउने प्रयास गरिरहेका छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकालगायत पश्चिमा राष्ट्रले युक्रेन युद्धमा सघाउन तेहरानले मस्कोलाई ड्रोन उपलव्ध गराएको आरोप लगाएका छन्भने इरानले त्यसलाई आधारहीन भन्दै खण्डन गरेको छ । इरान र रुसबीचको समीपता, हतियार सहयोगलगायत मामिलालाई लिएर हालै अमेरिकाले इरानको आलोचना गर्दै नयाँ प्रतिबन्ध लगाएको छ ।

युक्रेन युद्ध चीनका निम्ति पनि प्रतिष्ठा र संवेदनशील मुद्दा बनेको छ । आफ्नो रणनीतिक साझेदार मस्कोलाई कूटनीतिक समर्थन गर्दा बेइजिङ पनि अमेरिकासहित पश्चिमा देशको आलोचनाको पात्र बनेको छ । चीन र अमेरिकाबीचको विगतदेखिको तिक्ततापूर्ण सम्बन्ध सुमधुर बन्न सकेको छैन ।

पछिल्लो पटक गत सेप्टेम्बर चीन र इरानका राष्ट्रपतिबीच उज्वेकिस्तानमा साङ्घाइ सहयोग सङ्गठनको शिखर सम्मेलनका क्रममा भेटवार्ता भएको थियो । त्यस बेला इरानी राष्ट्रपति द्विपक्षीय सम्बन्धलाई अझ घनीभूत तुल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

चीन इरानको सबैभन्दा ठूलो व्यापार साझेदार हो । इर्नाले दुई देशका पछिल्ला आर्थिक एवम् व्यापारिक गतिविधिबारे दिएको जानकारी अनुसार तेहरानबाट १२ अर्ब ६० करोड अमेरिकी डलर बराबरका सामान चीन निर्यात भएका छन् भने बेइजिङबाट तेहरानले १२ अर्ब ७० करोड अमेरिकी डलर बराबरका सामन आयत गरेको छ ।

यसैबीच, चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ विनले भ्रमणका क्रममा राष्ट्रपति रायसीले चीनका प्रधानमन्त्री ली खछ्याङ र शीर्ष विधायक ली झान्सुसँग भेटवार्ता गर्ने बताएका छन् । मध्यपूर्वमा एकता र सहयोग अभिवृद्धि गर्ने तथा क्षेत्रीय सुरक्षा र शान्ति प्रवद्र्धनमा रचनात्मक भूमिका निर्वाह गर्ने चिनियाँ चाहना पनि उनले अभिव्यक्त गरेका छन् । चीनको यो रणनीतिक उद्देश्य प्राप्तिमा तेहरानको भूमिका अहम् हुने चीनको विश्वास छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com