नेपालीले अमेरिकामा एसाइलम नपाएको अदालती फैसला नजिर नबन्ने


प्रकाशित मिति : श्रावण १०, २०७४ मंगलबार

अमेरिकाको कोर्ट अफ अपिल सेकेण्ड सर्किटले एकजना नेपालीलाई नेपालको अवस्थामा परिवर्तन भएको भन्दै एसाइलम स्वीकृत नगरेको मुद्दा अमेरिकामा सम्पूर्ण नेपालीका एसाइलमका सन्दर्भमा नजिर नबन्ने युएससीआईएसले आधिकारिक रुपमा स्पष्ट पारेको छ । खसोखास साप्ताहिकका प्रधानसम्पादक किशोर पन्थीसँगको कुराकानीमा युएससीआईएसका एकजना प्रवक्ता क्याथरिन टिकचेकले नेपालीले एसाइलम नपाएको सेकेण्ड सर्किट कोर्टको फैसला नेपालीका अन्य एसाइलम केसका सन्दर्भमा नजिर नबन्ने स्पष्ट पारेकी छिन् । खसोखासले यस विषयमा युएससीआईएसको आधिकारिक धारणा मागेपछि युएससीआईएसको मुख्यालयमा भएको एक छलफलपछि युएससीआईएसले यस्तो निष्कर्ष सार्वजनिक गरेको हो ।

के हो नेपालीलाई एसाइलम नदिइएको सेकेण्ड सर्किट कोर्टको निर्णय ? फैसलाको पूर्णपाठ यहाँ उपलब्ध छ । डाउनलोड गरेर पढ्न यहाँ क्लिक गर्नुहोला । 

नेपालीले एसाइलम नपाएको सेकेण्ड सर्किट कोर्टको निर्णयबारे युएससीआईएसले खसोखाससँग भनेको छ – ‘प्रत्येक शरणको मामलामा निर्णय गर्दा उक्त मामलाको विशिष्ट तथ्य, प्रासंगिक देशको स्थीति, लागु कानुन, नियम र नीतिमा आधारित भएर निर्णय गरिन्छ । सेकेण्ड सर्किट कोर्टको यो निर्णय पनि युएससीआईएसले शरणबारे निर्णय गर्दा सन्दर्भ सामाग्रीका रुपमा प्रयोग गर्नेछैन । किनभने सेकेण्ड सर्किट कोेर्टले यो निर्णयलाई नजिरका रुपमा जारी गरेको छैन । युएससीआईएसले सबै विद्यमान कानुन, नियम र नजिरको पालना गर्छ जसमा अदालतले उद्धृत गरेका सन्दर्भहरु पनि पर्छन् ।’

युएससीआईएसको यो स्पष्टीकरणपछि लामो समयपछि व्यप्त अन्यौल हटेको छ । तर अमेरिकामा माओवादी पीडित भन्दै शरण पाउन पहिलेजस्तो सहज भने छैन । यसबारे थप विवरण खसोखासको आगामी अंकमा प्रकाशित गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तस्विरमा युएससीआईएसकी प्रवक्ता क्याथरिन टिकचेक ।


यो पनि पढ्नुहोस्

सर्किट कोर्टको फैसलापछि पनि ३८ नेपालीले पाए अमेरिकामा एसाइलम


 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com