सर्किट कोर्टको फैसलापछि पनि ३८ नेपालीले पाए अमेरिकामा एसाइलम


प्रकाशित मिति : श्रावण ५, २०७४ बिहीबार

अमेरिकाको कोर्ट अफ अपिल फर सेकेण्ड सर्किटले नेपालको अवस्थामा परिवर्तन आएको भन्दै माओवादीका कारण असुरक्षित भएको भन्दै एसाइलम गर्नेलाई एसाइलम स्वीकृत गर्न नसकिने फैसला गरेपनि त्यसपछिको एकमहिनामा ३८ जना नेपालीहरुको अमेरिकी इमिग्रेशन अदालतबाट एसाइलम स्वीकृत भएको छ । सर्किट कोर्टले रुद्र नरसिंह थापा क्षेत्रीको मुद्दामा फैसला गर्दै नेपालको राजनीतिक अवस्थामा परिवर्तन आएकाले एसाइलम दिन नसकिने फैसला गरेको थियो ।

सेकेण्ड सर्किट कोर्टको क्षेत्राधिकार न्युयोर्क, भर्मोन्ट र कनेक्टिकट रहेपनि फैसलापछिको जुन महिनामा न्युयोर्कको अदालतबाटमात्र २३ जना नेपालीहरुको एसाइलम स्वीकृत भएको छ । कनेक्टिकटबाट पनि २ जनाले एसाइलम पाएका छन् । जुन महिनामा क्यालिफोर्नियाबाट ७ जनाले र टेक्सासबाट १ जनाले एसाइलम पाएका छन् । यसरी एकमहिनामा कुल ३८ जनाको अदालतबाट एसाइलम स्वीकृत भएको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ ।

यही एकमहिनाको अवधिमा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरु २५ जना रहेका छन् । त्यसमध्ये सबैभन्दा धेरै न्युयोर्कबाट १५ जना रहेका छन् । त्यसपछि क्यालिफोर्नियाबाट ५ जना र जर्जियाबाट २ जना रहेका छन् । यही एकमहिनामा अवधिमा अमेरिकामा बस्न स्वीकृति पाउने, मुद्दा बन्द भएकाहरु र मुद्दा थन्क्याइएकाहरुको संख्या ५३ रहेको छ । ५३ जनामध्येकै ३८ जनाको ग्रिनकार्ड पाउनेगरी मुद्दा स्वीकृत गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com