रुसले युक्रेन छोडेर एट्लान्टिक महासागरमा किन प्रहार गरिरहेको छ मिसाइल ? के हो चिनियाँ कनेक्शन


प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार

युक्रेन युद्धको बीचमा, रुसको सबैभन्दा शक्तिशाली युद्धपोतले एट्लान्टिक महासागरको तटमा युद्धाभ्यास गरिरहेको छ। यो युद्धपोत संसारको सबैभन्दा शक्तिशाली हाइपरसोनिक मिसाइलले सुसज्जित छ। रुसी रक्षा मन्त्रालयले एडमिरल गोर्शकोभ फ्रिगेटले एट्लान्टिक महासागरमा महत्वपूर्ण सैन्य अभ्यास पूरा गरेको जानकारी दिएको छ ।

यस क्रममा फ्रिगेटले जिरकोन मिसाइलको पनि परीक्षण गरेको थियो । यो अभ्यास आगामी महिना चिनियाँ र दक्षिण अफ्रिकाको नौसेनासँगको संयुक्त नौसैनिक अभ्यासको अगाडि आएको हो। गोर्शकोभका कमाण्डर इगोर क्रोखमलले मन्त्रालयले जारी गरेको भिडियोमा फ्रिगेटले शत्रुका युद्धपोतहरूमाथि मिसाइल प्रहार गर्ने अभ्यास देखिन्छ । रुसको आधिकारिक समाचार एजेन्सी टासलेको रिपोर्ट अनुसार, यो एक इलेक्ट्रोनिक प्रक्षेपण वा भर्चुअल सिमुलेशन अभ्यास थियो।

जहाजका कमाण्डर इगोर क्रोखमलले अभ्यासका क्रममा क्षेप्यास्त्रले ९०० किलोमिटरभन्दा बढीको दुरीसम्म पुग्ने क्षमता प्रदर्शन गरेको बताए । जिरकोनलाई विश्वको सबैभन्दा खतरनाक हाइपरसोनिक मिसाइल मानिन्छ। यस्तो अवस्थामा जिरकोनले सुसज्जित यो रुसी युद्धपोतले कुनै पनि शत्रुविरुद्ध निर्णायक कारबाही गर्न सक्छ ।

अर्को महिना चीन र दक्षिण अफ्रिकासँग अभ्यास

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो परीक्षण यस महिनाको सुरुमा प्रक्षेपण गरिएको एडमिरल गोर्शकोभ फ्रिगेटको लामो यात्राको हिस्सा हो भनिएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार यो युद्धपोतले अफ्रिकी तटमा चिनियाँ र दक्षिण अफ्रिकी नौसेनासँग अभ्यास गर्नेछ। यस अवधिमा, तीन देशहरूले संयुक्त प्रशिक्षण आवश्यकताहरू पूरा गर्नेछन्।

युक्रेनमा रुसले आक्रमण गरेको एक वर्ष पूरा हुन लागेको बेला यो अभ्यास भइरहेको छ । व्यापक अन्तर्राष्ट्रिय निन्दा र प्रतिबन्धका बाबजुद रुस विश्व मञ्चमा एक्लो नभएको देखाउन चाहन्छ।

कति शक्तिशाली छ मिसाइल

जिरकोन रुसको सबैभन्दा शक्तिशाली मिसाइल हो। यो मिसाइल हाइपरसोनिक गतिमा जान्छ। यति उच्च गतिको कारण, जिरकोन मिसाइलले कुनै पनि वायु रक्षालाई हराउन सक्छ। जिरकोन मिसाइल आवाजको गतिभन्दा नौ गुणा बढी गतिमा दौडन सक्छ ।  यो मिसाइलको दायरा एक हजार  किलोमिटरसम्म रहेको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com