डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्ध हटाउने फेसबुकको निर्णय, ट्रम्प के भन्छन् ?


प्रकाशित मिति : माघ ११, २०७९ बुधबार

फेसबुकले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत फेसबुक एकाउन्ट पुनर्स्थापित गर्दैछ । जनवरी ६ को क्यापिटल हिल दंगापछि लगाइएको दुई वर्षको निलम्बन समाप्त गर्दै फेसबुकले ट्रम्पमाथिको प्रतिबन्ध खारेज गर्ने भएको हो ।

फेसबुकले बुधवार एक ब्लग पोस्टमा डोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा लगाइएको प्रतिबन्ध आगामी साताहरुमा हटाइने बताएको छ । तर ट्रम्पले थप उल्लङ्घन सामग्री पोस्ट गरेमा सामग्री हटाइने र उल्लङ्घनको गम्भीरतामा निर्भर गर्दै ट्रम्पको एकाउन्टमा एक महिनादेखि र दुई वर्षको सम्मको प्रतिबन्ध लगाइने फेसबुकले जनाएको छ ।

जनताले उनीहरूका राजनीतिज्ञहरूले के भनिरहेका छन् सुन्न सक्षम हुनुपर्ने फेसबुकले बताएको छ । राजनीतिज्ञहरु राम्रो, नराम्रो र कुरूप जे भएपनि मतदाताले उनीहरुको भनाई सुनेर मतपेटिकामा उचित छनोटहरू गर्न सक्ने मेटाका ग्लोबल अफेयर्सका उपाध्यक्ष निक क्लेगले लेखेका छन् । जब वास्तविक हानिको लागि स्पष्ट जोखिम हुन्छ, त्यतीबेला भने मेटाले हस्तक्षेप गर्ने उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले क्यापिटल हिल दंगामा संलग्न व्यक्तिहरूको प्रशंसा गरेकोमा जनवरी ७ मा ट्रम्पको फेसबुक एकाउन्ट खारेज गरेको थियो । फेसबुक संसारको सबैभन्दा ठूलो सामाजिक सञ्जाल साइट मात्र होइन, ट्रम्पको अभियानको लागि कोष सङ्कलनमा राजस्वको एक महत्वपूर्ण स्रोत थियो, जसले २०१६ र २०२० मा कम्पनीको विज्ञापनहरूमा लाखौं डलर खर्च गरेका थिए ।

फेसबुकले प्रतिबन्ध हटाउन गरेको निर्णयबारे ट्रम्पले भनेका छन्- ‘फेसबुक, जसले तपाईको मनपर्ने राष्ट्रपतिलाई प्ल्याटफर्मबाट हटाएपछि अर्बौं डलरको मूल्य गुमाएको छ । भर्खरै घोषणा गरेको छ कि उनीहरूले मेरो खाता पुनर्स्थापित गर्दैछन्। वर्तमान राष्ट्रपति वा बदलाको योग्य नभएको व्यक्तिसँग यस्तो घटना फेरि कहिल्यै नहोस् ।’

एलोन मस्कले कम्पनीको जिम्मेवारी लिएपछि ट्रम्पलाई भर्खरै ट्विटरमा पुनर्स्थापित गरिएको थियो। ट्रम्पले अहिलेसम्म ट्वीट भने गरेका छैनन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com