बीस रुपैयाँमा महिनाभरि महाकाली नदी तार्ने भीमबहादुरको कथा


प्रकाशित मिति : माघ ९, २०७९ सोमबार

महाकाली नदी पारीको टापु दोधारा चाँदनी आवागमनमा भारतीय बाटो (वनबासा पुल) वा महाकाली नदीबाट किस्ती (ढुङ्गा)मा ओहोरदोहोर गर्नुपर्ने दुई विकल्प स्थानीयवासीमा थिए । दोधारा चाँदनीमा झोलुङ्गे पुल बन्नुअघि महाकाली नदीमा सञ्चालन हुने किस्ती चलाएर स्थानीय ओहोरदोहोरदेखि सरसामान ओसारपसारमा २० वर्षभन्दा बढी समय खर्चिएका ७४ वर्षीय भीमबहादुर सिंह अहिलेको विकास देख्न आश्चर्य मान्छन् । विसं २०३५ देखि लगातार २० वर्ष महाकालीमा किस्ती चलाएका सिंहले महिनाभरि किस्ती चलाए बापत पारिश्रमिक २० लिएर काम गरेको विगत सुनाउनुभयो ।

विसं २०३२ मा विकट पहाडी जिल्ला बाजुराबाट भीमबहादुर सिंह कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट बसाइँ सर्नुभयो । भारतसित सीमा जोडिएको दोधारा चाँदनीमा बसोबास २०२२ साल सेरोफोरामा बसाइ सुरुआत भए पनि त्यहाँका नागरिकले २०६० सालसम्म भौगोलिक विकटताको सामाना गर्नुप-यो ।

“वनबासाबाट आउन जान भारतीय थिचोमिचोभन्दा पनि बैलबन्द सामुदायिक वन क्षेत्रमा डाका लाग्थे”, उहाँले भन्नुभयो “त्यो बेला तत्कालीन चाँदनी गाविसबाट ठेक्का प्रक्रियाबाट किस्ती चल्थ्यो ।” उहाँले ठेकेदारले किस्ती सञ्चालनका लागि वार्षिकरूपमा ठेक्का लिए पनि किस्ती सञ्चालनको मुख्य जिम्मेवारी भने आफूले नै सम्हालेको बताउनुभयो ।

“वर्षात्मा  उर्लिएको महाकालीमा मान्छे र सामान सार्दा पनि कहिल्यै अप्रिय घटना मेरो किस्तीबाट त्यो बेला घटेन”, उहाँले भन्नुभयो, “त्यो बेलाको विकटता र अभाव सुनाउँदा अहिलेको पुस्तालाई कथाजस्तै लाग्नसक्छ ।” तत्कालीन दोधारा र चाँदनी गाविस जोडिएर बनेको दोधारा चाँदनी नगरपालिका अहिले पनि नदीनालाबाट घेरिएको भए पनि सडक, पुललगायतका संरचना निर्माणले समस्याबाट टाढा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“ओदाली (भीमदत्त नगरपालिकातर्फ)बाट सवारी र सामान राखेर अहिले झोलुङ्गे पुल भएको ठाउँमा झार्थेँ”, सिंहले भन्नुभयो, “किस्ती ठेकेदारको तलब थोरै भए पनि कमिसनले घर खर्च चलिहाल्थ्यो ।” उहाँका अनुसार त्यो बेला महाकालीमा एउटा ठूलो र अर्को सानो गरी दुईवटा किस्ती चल्थे । किस्ती चलाउन आफूसहित चार जनाको टोली हुने गरेको उहाँले बताउनुभयो । “प्रतिव्यक्ति महाकाली तारेको रु पाँच भाडा थियो”, उहाँले भन्नुभयो, “सहयोगीसहित चार जनाको टोली भए पनि मुख्य चालक म नै थिएँ ।”

उहाँले किस्तीमा ४०–४५ क्विन्टलसम्म सामान तारेको सुनाउनुभयो । “यहाँ गहुँ पिसाउन हिँडेर वनबासा जानेदेखि पानीका लागि कुवा खनेर प्यास मेटाइन्थ्यो”, उहाँले भन्नुभयो, “झोलुङ्गे पुल बनेपछि किस्तीको काम सकियो ।” हिउँदमा महाकाली नदी हिँडेर वारपार गर्ने दोधारा चाँदनीवासी अहिले सुदूरपश्चिमको आर्थिक स्मृद्धिको ढोकामा छन् ।

यहाँ चार लेनको पक्की मोटरेबल पुलदेखि दोधादा चाँदनी नगरपालिका–१ मा सुक्खाबन्दरगाह प्रस्तावित भएर काम प्रक्रियामा अघि बढेको छ । किस्तीको ठेक्का हुँदा तत्कालीन चाँदनी गाविसमा रु चार÷पाँच हजारमा वार्षिक ठेक्का हुँदै सुरु भए पनि पछि गरेर रु एक÷डेढ लाखसम्म रकम वार्षिकरूपमा सङ्कलन गर्ने गरी ठेक्का हुने गरेको उहाँको भनाइ छ । “वर्षात्मा स्थानीयवासी महाकालीको भेल देखेर किस्ती चढ्न धेरै डराउँथे पनि”, उहाँले भन्नुभयो, “दोधारा चाँदनीको व्यापार नै किस्तीको भरमा हुन्थ्यो ।”

दैनिक एकपटकमात्रै किस्ती महाकालीमा चल्ने गरेको भए पनि स्थानीयवासीलाई धेरै सहज भएको सिंहको भनाइ छ । “किस्तीमा पानी भरिँदा सफा गर्नेमात्रै दुई जना हुन्थे”, उहाँले भन्नुभयो, “महाकाली तार्न यहाँ दुईवटा घाट बढी सञ्चालनमा थिए ।”

महाकाली नदीमा विसं २०५८ मा झण्डै डेढ किलोमिटर लम्बाइको झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनी मूलधारसित जोडिनु पुगेको थियो । पछिल्लो समय सडक सञ्जालको व्यापक निमार्णदेखि महाकाली नदीमा चार लेनको पक्की पुलसँगै छ लेनको पहुँचमार्ग बनेपछि दोधारा चाँदनीको स्वरुपमै परिर्वतन आएको छ । यहाँ कौडीको भाउमा बिक्री हुने जमिन अहिले करोड रकममा बिक्री वितरण हँुदैछ ।

“त्यो बेला साइकल नहुने दोधारा चाँदनीमा अहिले घरैपिच्छे मोटरसाइकल छन्”, उहाँले भन्नुभयो, “मुलुकको व्यवस्था फेरिएसँगै विकासले फड्को मारेको दोधारा चाँदनीले पनि हो ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com