यी हुन् २०२२ मा अमेरिकाका सबैभन्दा खराब र सबैभन्दा राम्रा एयरपोर्ट


प्रकाशित मिति : माघ ८, २०७९ आईतबार

ब्यूरो अफ ट्रान्सपोर्टेशन स्ट्याटिस्टिक्सको डेटा प्रयोग गरेर फेमिली डेस्टिनेशन गाइरडका विशेषज्ञहरूले सन् २०२२ मा अमेरिकामा यात्राको लागि सबैभन्दा खराब र राम्रा एयरपोर्टहरूको सूची बनाएका छन् । अध्ययनले मुख्यतया उडानमा ढिलाइ र रद्दसँग जोडिएको तथ्याङ्कलाई हेरेको थियो, जुन यात्रा गर्दा प्रायः चिन्ताको प्राथमिक विषय हो।

उडानमा ढिलाईका हिसाबले फ्लोरिडाको ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थल खराब सुचीमा पहिलो नम्बरमा छ, जहाँ सन् २०२२ मा झण्डै २८ प्रतिशत उडानहरु ढिलो भए । दोश्रो खराबमा न्यु जर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ, जहाँ सन् २०२२ मा झण्डै २६ प्रतिशत उडानहरु ढिलो भए ।

white airplane on airport during daytime

तेश्रो खराबमा फ्लोरिडाको फोर्ट लाउडरडेल हलिउड अन्तर्राष्ट्रिय एयरपोर्ट रह्यो भने चौथो खराबमा फ्लोरिडाकै टम्पा अन्तर्राष्ट्रिय विमानस्थल रह्यो । पाँचौं खराबमा फ्लोरिडाको मियामी अन्तर्राष्ट्रिय विमानस्थल र छैठौं खराबमा लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थल रह्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सातौं खराबमा शिकागो मिडवे अन्तर्राष्ट्रिय विमानस्थल र आठौं खराबमा न्युयोर्कको जोन एफ केनेडी इन्टरनेशनल एयरपोर्ट रह्यो । जेएफकेबाट सन् २०२२ मा २४ प्रतिशत उडानहरु ढिलो भएका थिए । म्यासाचुसेट्सको बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थल नवौं खराब र बाल्टिमोर वाशिंगटन अन्तर्राष्ट्रिय विमानस्थल दशौं खराबी सुचीमा रह्यो ।

त्यस्तै राम्रा विमानस्थलको सुचीमा पहिलो नम्बरमा साल्ट लेक सिटी इन्टरनेशनल एयरपोर्ट, दोश्रोमा जर्जियाको हार्ट्सफिल्ड ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थल, तेश्रोमा वाशिंगटनको सिएटल टाकोमा अन्तर्राष्ट्रिय विमानस्थल रहे ।

चौथो राम्रोमा फ्लोरिडाको टम्पा अन्तर्राष्ट्रिय विमानस्थल, पाँचौंमा मिनेसोटाको मिनियापोलिस सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थल, छैठौंमा
मिशिगनको डेट्रोइट मेट्रोपोलिटन एयरपोर्ट र सातौंमा क्यालिफोर्नियाको सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थल रहे ।

white airplanes on railway under white and blue sky

आठौं राम्रोमा टेक्सासको जर्ज बुश इन्टरकन्टिनेन्टल एयरपोर्ट, नवौंमा नर्थ क्यारोलिनाको शार्लोट डग्लस अन्तर्राष्ट्रिय विमानस्थल र दशौंमा शिकागो ओुहारे अन्तर्राष्ट्रिय विमानस्थल रहन सफल भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com