ओहायोमा दम्पती र ५ बच्चा सुतेको बेला चार्जमा रहेको आइफोन ४ विस्फोट


प्रकाशित मिति : माघ ८, २०७९ आईतबार

अमेरिकाको ओहायोमा दम्पती र ५ बच्चा सुतेको बेला चार्जमा रहेको आइफोन ४ विस्फोट भएको छ । श्रीमती जेनिफर र पाँच छोराछोरीसँग बस्ने ब्रायन लेइसगाङले भोलिपल्ट बिहान हेर्दा आईफोन बिष्फोट भएको र आगो लागेको बताएका छन् ।

फोनका साना टुक्राहरू भान्साकोठामा छरिएका थिए । दम्पतीले घरको भिडियो जाँच गर्दा आईफोन पड्केर आगोको ज्वाला निस्केको थियो । संयोगवश आगोले अरु टिप्न नपाई तुरुन्तै निभेको थियो ।

भान्साको भिडियो हेर्दा डर लागेको उनीहरुले बताए । आफ्ना बच्चाहरू रातमा आफ्नो ओछ्यानमा वा उनीहरूको ओछ्यानको छेउमा फोन चार्ज गरेर सुत्ने भएकाले आफु डराएको उनको भनाई छ ।

आगलागी हुनबाट जोगिएकाले आफू धेरै भाग्यशाली अनुभएको भएको उनले बताए । यो घटनाले पुराना आईफोनहरू चार्ज गर्दा सम्भावित खतराहरूलाई दर्शाएको छ । जुन दम्पतीले आफ्ना बच्चाहरूलाई हस्तान्तरण गर्नु अघि कहिल्यै सोचेका थिएनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धेरै वर्षको प्रयोग पछि फोनमा आगोको खतरा हुने भनेर एप्पलबाट कहिल्यै उल्लेख नगरिएको लेइसगाङले बताएका छन् । बच्चाहरूलाई फोन प्रयोग गर्न र चार्ज गर्न दिंदा खतरा हुने कुरा आफ्नो दिमागमा कहिले पनि नआएको उनले बताए ।

पुराना आईफोनहरू विस्फोट हुनु सामान्य नभएपनि क्षतिग्रस्त चार्जरले फोन आगो निम्त्याउन सक्ने मर्मतकर्ताहरु बताउँछन् । आईफोन ४ लगभग १३ वर्ष पुरानो भएको छ । पुराना फोनहरू पुरानो चार्जर प्रयोग गरेर चार्ज गर्दा आगोको जोखिममा हुन सक्छ।

चार्जर बिग्रिएका कारण फोनमा बिजुलीको प्रवाहमा बाधा हुँदा समेत विष्फोट भएको हुनसक्ने प्राविधिकको भनाई छ । यदि तपाइँ पाँच बर्ष भन्दा पुरानो फोन प्रयोग गर्दै हुनुहुन्छ भने मुख्य कम्पोनेन्टहरूको अखण्डता सुनिश्चित गर्न फोन र चार्जर दुबैलाई पेशेवरबाट जाँच गराउनु उत्तम हुने प्राविधिकको सुझाव छ ।

उनीहरुले घटनाको बारेमा एप्पललाई सम्पर्क गरेका थिए । तर एप्पलले सात वर्षपछि ग्राहकहरूले आफ्ना उत्पादनहरू प्रयोग गर्ने अपेक्षा नगर्ने बताएको छ ।तर कैयन परिवारहरूले आफ्ना पुराना आईफोन र आईप्याडहरू बच्चाहरूलाई घरमा प्रयोग गर्नका लागि राख्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com