पाकिस्तानमा खाद्यवस्तुसँगै बिजुली पनि महँगियो, प्रति युनिट ४३ रुपैयाँ तिर्नुपर्ने


प्रकाशित मिति : माघ ७, २०७९ शनिबार

पाकिस्तान यतिबेला आर्थिक संकटको सामना गरिरहेको छ । पाकिस्तानमा मुद्रास्फीति आकाश छोएको छ । जसको असर देशका गरिब जनतालाई परेको छ । एक रिपोर्टका अनुसार अहिले पाकिस्तानमा खाद्यवस्तुसँगै बिजुली पनि महँगो भएको छ ।

पाकिस्तानी पत्रिका द डनको रिपोर्ट अनुसार पाकिस्तानमा बिजुलीको मूल्य बढेको छ । पाकिस्तानको नेशनल इलेक्ट्रिक पावर रेगुलेटरी अथोरिटीले बिजुलीको मूल्य प्रति युनिट ३ रुपैयाँ ३० पैसाले बढाएको छ । यी दरहरू कराँचीमा लागू हुनेछन्। जसका कारण अब उपभोक्ताले प्रति युनिट ४३ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसबाहेक विभिन्न उपभोक्ता वर्गका लागि प्रतियुनिट १.४९ रुपैयाँदेखि ४.४६ रुपैयाँसम्म महसुल बढाइएको छ ।

रातको समयमा देखिएको पाकिस्तानको इस्लामाबाद सहरको दृश्य

राष्ट्रिय विद्युत् नियमन प्राधिकरणले समान महसुल नीतिअन्तर्गत के–इलेक्ट्रिकको महसुल समायोजन गरेको जनाएको छ । देशभरका विद्युत् उपभोक्तालाई संघीय सरकार र यसका नियमावलीअनुसार समान महसुल असुल्ने गरेको छ । त्यस्तै, केईले ४३ रुपैयाँ प्रतियुनिटमा विद्युत् उपलब्ध गराउँदै आएको र सरकारले १८ रुपैयाँ प्रतियुनिटमा अनुदान दिइरहेको विद्युत महाशाखाले जनाएको छ ।

अल अरेबिया पोस्टको रिपोर्टका अनुसार यदि आगामी केही साताभित्र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यक्रम सुचारु भएन भने पाकिस्तानले आर्थिक रूपमा धेरै समस्याको सामना गर्न सक्नेछ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आफ्नो २४ औं ऋण ढिलाइ गरिरहेको छ र साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले पाकिस्तानलाई चेतावनी दिएका छन् कि उनीहरूले अब निःशुल्क खाना उपलब्ध गराउँदैनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com