सुन्तला खेतीमा रमाउँदै पूर्वप्रदेशसभा सदस्य थापा, सुन्तला बेचेरै वार्षिक ५ लाखबढी कमाउने लक्ष्य


प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार

गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आउनुभएका उहाँले अहिले पूरै समय कृषिमा लगाउनुभएको छ ।

बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गर्नुभएका उहाँ अहिले राजनीतबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आउनुभएको छ । जैमिनी नगरपालिका–४ सर्कुवाका थापाले २०६२/६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गर्नुभएको थियो । त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो ।

समय बदलिएसँगै उहाँका केही सहयात्री पार्टी परित्यागमा लागे, केही राष्ट्रिय जनमोर्चामा छन् तर उहाँ अहिले कुनै दलमा हुनुहुन्न । उहाँ अहिले आफ्नो जन्मगाउँ फर्केर सुन्तला खेतीमा लाग्नुभएको छ ।

विसं २०७४ मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यमा बागलुङ क्षेत्र नं २ (२) बाट प्रत्यक्ष निर्वाचन जित्नुभएका थापाले आफ्नो पाँचवर्षे कार्यकालसमेत पूरा गर्न पाउनु भएन । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार फेरबलदको समयमा उहाँलाई आफ्नै पार्टी राष्ट्रिय जनमोर्चाले कारबाही गरेर तीन वर्षमै पदबाट हटाएपछि उहाँ गाउँ फर्किनुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तत्कालीन कांग्रेससहितको गठबन्धनलाई सहयोग नगरेपछि पार्टीले कारबाही गरेको थापाको भनाइ छ । थापा पार्टीबाट निष्कासनविरुद्ध सर्वोच्च अदालत गए पनि फैसला अझै आएको छैन ।

“कृषिमा मेरो अहिलेको मात्रै लगाव हैन, राजनीतिमा लाग्दासमेत थियो, जब प्रदेशसभा सदस्य भए बसाइ बढी पोखरामै भयो, प्रदेशसभा सदस्य भए पनि कृषिमा समय दिन पाइनँ, घरमाथिका ५० सुन्तलाका बोटले स्याहार पाएनन्”, उहाँले भन्नुभयो, “जब पद गयो, त्यसपछि तत्कालै गाउँ फर्केर कृषिको सपना पूरा गर्न थाले, पुराना ५० बोटलाई मलजल गरे, नयाँ जग्गामा सुरुआतमै दुई सय ५० बोट सुन्तला लगाए, पछिल्लो वर्ष पुनः दुई सय बोट थपे, हुर्कन लागेका बोट स्याहार गर्दै नयाँ बोट थप्दै आएको छु, केही तरकारी खेतीसमेत गर्दै आएको छु ।”

उहाँले झन्डै १० रोपनी जग्गामा सुन्तला खेती गर्नुभएको छ । थापाले प्लाष्टिक टनेलसमेत बनाएर तरकारी खेती गर्न थाल्नुभएको छ । गाउँमा सुन्तलाखेती विस्तारमा समेत अगुवाइ गर्दै आउनुभएका थापाले सर्कुवालाई सुन्तला गाउँका रुपमा चिनाउने गरी काम गर्ने सोच बनाएको बताउनुभयो ।

“आर्थिक रुपमा सबल हुन कृषि कर्ममै लाग्ने निधोसहित घर फर्किएको हुँ”, थापाले भन्नुभयो, “पहिलैका बोटमा फलेका सुन्तला केही बिक्री गरेर यस वर्ष रु ५० हजार कमाएँ, रु ५० हजारका सुन्तला अझै छन्, यो सुरुआती चरण हो, वार्षिक रु चार/पाँच लाख कमाउने लक्ष्यका साथ सुन्तलासँगै तरकारीखेती विस्तारमा समेत लागेको छु, अब आर्थिक परिवर्तनमा लाग्न आवश्यक देखँे ।”

सर्कुवाकै अर्का सुन्तला किसान अमृत सेवेदीले यस वर्ष सुन्तला बिक्रीबाटै रु तीन लाख ५० हजार कमाएको बताउनुभयो । सुवेदीको अहिले सुन्तला फल्ने र हुर्कंदै गरेकासहित आठ सय सुन्तलाका बोट छन् । अहिले सुवेदीको सुन्तला बगैचाका तीन सय बोटले उत्पादन दिइरहेका छन् । बिहुँ, सिगाना, भकुण्डे, तित्याङसँगै जैमिनीको सर्कुवा सुन्तला खेतिका लागि प्रख्यात छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com