२० को दशकमा ३ काम नगरे पछुतो हुने ३५ वर्षमा रिटायर्ड सेल्फ मेड करोडपतिको सुझाव


प्रकाशित मिति : माघ २, २०७९ सोमबार

man standing in bathroom with bathtub next to body of water

२० देखि ३० बर्षको उमेर हाम्रो जीवनमा एक रमाईलो समय मानिन्छ, तर प्राय यो दशक एक लामो एक्लो, अचम्मलाग्दो अनुभवहरू, सानातिना अस्तित्वात्मक संकटहरू छरिएको जस्तो महसुस हुन्छ।

स्टीभ एडककले छिट्टै अवकाश लिने र आफ्नी पत्नी कोर्टनीसँग अमेरिका भर यात्रा गर्ने आफ्नो सपना पूरा गर्न आफ्नो २० देखि ३० बर्षको उमेरको लाभ उठाए।

सन् २०१६ मा उनी र कोर्टनीले क्रमशः ३५ र ३३ बर्षमा मा सेवानिवृत्त भए । उनीहरुले सूचना प्रविधिमा काम गरेर लगभग ९ लाख डलर जम्मा गरेपछि सेवानिवृत्त भएका हुन् । सही लगानीको साथ तिनीहरूको कुल सम्पत्ति केही समय पछि १ मिलियन पुगेको थियो ।

एडककले आफ्नो सफलताको श्रेय २० वर्षको उमेरमा अपनाएका स्मार्ट बानीहरूलाई दिन्छन्। यहाँ एडककले तीनवटा बानीहरू शेयर गरेका छन् । जुन लामो र समृद्ध जीवनको आनन्द लिन आवश्यक छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काम परिवर्तन गर्न नडराउनुहोस्

कैयनले कामहरु बदल्ने कुरालाई नराम्रो ठान्छन् । तर एडकक भने कामहरु बदल्न डराउन नहुने बताउँछन् । काम बदल्नुलाई तपाइँको क्यारियरको लागि बनाउन सक्ने उत्तम चालहरू मध्ये एक बताउँछन् ।

उनी भन्छन् – ‘यदि तपाइँ नियमित रूपमा जागिरहरू बदल्न डराउनुहुन्छ भने तपाइँ टेबुलमा पैसा छोड्दै हुनुहुन्छ । मैले मेरो १४ वर्षको क्यारियरको अवधिमा पाँच पटक जागिरहरू बदलेँ र प्रत्येक पटक १५ देखि २० प्रतिशत तलब वृद्धि पाएँ, जसले मुद्रास्फीतिको दरभन्दा मेरो तलब बढ्यो।’

man writing on paper

हालको भूमिकामा रहनेहरूको तुलनामा जागिर परिवर्तनकर्ताहरूको तलब वृद्धिमा भिन्नता रेकर्ड उच्च रहेको जीप रिक्रुटरका मुख्य अर्थशास्त्री जुलिया पोलकको भनाई छ । फेडरल रिजर्भ बैंक अफ एट्लान्टाका अनुसार, जागिर परिवर्तनकर्ताहरूले नोभेम्बरमा ७ दशमलव ७ प्रतिशत ज्याला वृद्धि पाएका छन् जुन एक वर्ष अघिको तुलनामा जागिरमा रहनेहरूको लागि ५ दशमलव ५ प्रतिशत वृद्धि भएको थियो।

तर धेरै पटक कम्पनीहरू स्विच नगर्न सावधान रहन र कम्तिमा एक वर्षको लागि भूमिकामा रहन प्रयास गर्न एडककको सुझाव छ । केही रोजगारदाताहरूले छोटो समय पछि काम छाड्नेहरुलाई काममा राख्दैनन् किनभने भर्ती र अनबोर्डिङ प्रक्रिया महँगो छ।

तपाईले ‘होइन’ भन्दा धेरै ‘हो’ भन्नुहोस्

तपाइँको २० को दशक कम्फर्ट जोनबाट बाहिर निस्कने र जोखिम लिनको लागि उत्तम समय हो।

यदि तपाइँसँग सजिलो कम तनावको काम छ भने तपाइँ गलत ठाउमा रहेको एडककको भनाई छ । २० को दशकमा कडा मिहिनेत र चुनौतीको सामना गर्नुपर्ने उनको सुझाव छ । किनकि यो उमेरमा तपाइँ बूढो हुनु भन्दा धेरै ऊर्जा र कम जिम्मेवारी हुन्छ ।

एडककले आफ्नो २० को दशकको प्रारम्भमा निर्देशक स्तरको भूमिकामा पदोन्नतिलाई झण्डै अस्वीकार गरेको सम्झना गर्दछन् किनभने उनी विश्वस्त वा तयार महसुस गरेका थिएनन् । आफू असफलताबाट डराएका कारण राएको कुरालाई सम्बोधन गर्नुको सट्टा आफ्नो आफ्नो क्षमता पछाडि लुकेको उनको भनाई छ ।

black flat screen tv turned on near black laptop computer

उनले जे भए पनि भूमिका स्वीकार गरे । यो निर्णयले उनलाई आफ्नो बाँकी क्यारियरको लागि उच्च तलबको लागि सेट गर्यो।

करियरको सुरुमा बढि प्रमोशन र अवसरहरूलाई ूहोू भन्नुले तपाइँको अनुभवलाई फराकिलो बनाउनदेखि तपाइँको करियरलाई अगाडि बढाउन मद्दत गर्न सक्ने तथा नयाँ व्यक्तिहरूलाई भेट्नसम्म लामो समयसम्म तपाइँलाई धेरै राम्रो परिणामहरू प्रदान गर्नसक्ने उनको सुझाव छ ।

तपाईंको सेवानिवृत्ति बचत अधिकतम गर्नुहोस्

यद्यपि सेवानिवृत्ति त्यतीबेला टाढाको भविष्यको कुरा जस्तो लाग्न सक्छ । तर उमेरको २० को दशकमा तपाइँ कसरी खर्च गर्नुहुन्छ र बचत गर्नुहुन्छ भन्ने कुराले तपाइँ बूढो हुँदा कस्तो प्रकारको जीवन बिताउनुहुनेछ भनेर निर्धारण गर्न सक्छ।

एडककले रोथ आईआरएए खाता खोल्न सुझाव दिन्छन् । जसले तपाईंलाई सेवानिवृत्तिको समयमा कर मुक्त निकासीको बदलामा तपाईंले पहिले नै कर तिरेको पैसा लगानी गर्न र वार्षिक योगदानलाई अधिकतम बनाउन अनुमति दिन्छ। सन् २०२३ को लागि ५० बर्षभन्दा कमका व्यक्तिका लागि यो सिमा प्रति वर्ष ६ हजार ५ सय डलर रहेको छ ।

वा आफ्नो रोजगारदातासँग ४०१ के सेट अप गर्नुपर्छ । यदि तपाईंको कम्पनीले कर्मचारीको ४०१ केसँग म्याच गराउँछ भने त्यसको पूरा फाइदा लिनुपर्ने उनको सुझाव छ ।

यदि तपाइँ यी मध्ये कुनै पनि सेवानिवृत्ति बचत रणनीतिहरू विचार गर्नुहुन्न भने पछि जीवनमा पछुताउनुपर्ने उनले दावी गरे । एक धनी, पूर्ण जीवन बिताउन तपाई सधैं १० वर्ष अगाडि सोच्नुपर्ने तथा तपाइँको उमेरको २० को दशक सधैंभरि नरहने उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com