धर्मछोरा सुजनलाई भेट्न पोखरा जाँदै थिए फ्रान्सका पास्कल एलेक्जेण्डर


प्रकाशित मिति : माघ १, २०७९ आईतबार

पोखरा–२६ सुन्दरीबजारका सुजन अधिकारी आज बिहानैदेखि निकै खुसी हुनुहुन्थ्यो । फ्रान्सबाट सुजनका धर्मबुबा पास्कल एलेक्जेण्डर आज पोखरा आउँदै हुनुहुन्थ्यो ।

नेपालमा सुजनलाई धर्मछोरा बनाउनुभएका एलेक्जेण्डर छोरा भेट्न आतुर हुनुहुन्थ्यो भने सुजन पनि धर्मबुबालाई भेट्न हतारिनुभएको थियो । बिहानै जहाज चढ्ने बेलामा अबको १८ मिनेटमा पोखरा झर्छु भनेर म्यासेज छोड्नुभएको एलेक्जेण्डर सेती खोचमा बिलिन हुनुभएको छ ।

यता, सुजन बुबा लिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भए पनि जहाज दुर्घटनाको खबरले विक्षिप्त हुँदै दुर्घटनास्थलतर्फ लाग्नुभएको थियो । सेती खोँचबाट धुवाँको मुस्लो निस्कँदा नै उहाँको होसहवास उडेको थियो । पछि शवको सनाखत भएपछि उहाँ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम कक्ष प्राङ्गणमा झनै पीडामा हुनुहुन्छ ।

उहाँहरूको चिनजान भएको धेरै भएको छैन । एलेक्जेण्डर नेपाल आएको बेला बाटो बताउँदा भएको चिनजान धर्मबुबासम्म पुगेको सुजनले बताउनुभयो । चिनजान भएदेखि नै आफ्नो हरेक सुखदुःखमा साथ दिने धर्मबुबा गुमाउनुपर्दा असह्य भएको उहाँले सुनाउनुभयो । “हाम्रो चिनजान भएको धेरै भएको छैन । दुई वर्षअघि बाटो चिनाउँदा भेट भएको हो । त्यो बेला कुराकानी भएपछि उहाँले मलाई सहयोग गर्न थाल्नुभयो”, सुजनले भन्नुभयो, “मेरो आफ्नै बुबा सानैदेखि म र ममीबाट टाढा हुनुहुन्थ्यो । त्यो कारण पनि उहाँलाई भेटेपछि मैले धर्मबुबा मानेको थिएँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबार मात्रै काठमाडौँ झरेर आफूलाई भेट्नकै लागि पोखरा आएको सुजनले बताउनुभयो । “उहाँ मलेसिया हुनुहुन्थ्यो शनिबार नेपाल आएपछि मलाई भेट्न पोखरा आउनुभएको थियो”, उहाँले भन्नुभयो, “मसँग हरेक क्षण म्यासेजमा बोल्नुहुन्थ्यो । अन्तिम पटक जहाज चढ्ने बेला बोल्नुभएको थियो । उहाँले छिट्टै भेट हुन्छ यो पटक मिठाइ ल्याउन पाइन पनि भन्नुभएको थियो ।”

धर्मबुबा एलेक्जेण्डरको जहाज दुर्घटनामा निधन भएसँगै आफ्नो जिन्दगीले फरक रूप लिने उहाँले बताउनुभयो । पढ्नदेखि मन परेको लुगा लगाउन, खानका लागि एलेक्जेण्डरले आर्थिक सहयोग गर्नुहुन्थ्यो । “मलाई जहिले पनि सहयोग गर्नुहुन्थ्यो । पछिल्लो समय उहाँसँगै मलेसिया घुम्न जाने भनेर टिकट काटिदिनुभएको थियो । मेरो डकुमेण्ट नमिलेर जान पाइएन”, सुजनले भन्नुभयो, “भविष्यमा उहाँसँगै फ्रान्स जाने योजना थियो सबै चकनाचुर भयो ।” कक्षा १२ को परीक्षा सकेर बस्नुभएका सुजनले धर्मबुबा एलेक्जेण्डरलाई भनेर कोडिङ र आई टी विषय बढ्ने योजना बनाए पनि धुवाँको मुस्लोसँगै सबै सपना उडेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com