१.३५ बिलियनको दोस्रो ठूलो मेगा मिलियन्स® ज्याकपट शुक्रबार खोलिने


प्रकाशित मिति : पुस २७, २०७९ बुधबार

Photo: Sam Saunders

धेरैले शुक्रबार १३ तारिखलाई अशुभ दिन मान्दछन् तर यो वर्षौंदेखि मेगा मिलियन्स® खेलाडीहरूका लागि यो शुभ दिन हुदै आएको छ । किनभने खेलाडीहरुले त्यस्ता दिनमा अघिल्ला ६ वटा ज्याकपटहरू जितेका छन्।

यस शुक्रबार अर्कोको लागि मौका छ, र यो १.३५ बिलियनको पुगेको छ । मंगलबार रातिका सबै ६ नम्बरहरू कसैले पनि मिलाउन नसकेपछि अब शुक्रबार अमेरिकी इतिहासकै दोश्रो ठूलो मेगा मिलियन खोलिने भएको छ ।

मेगा मिलियन्स कन्सोर्टियमका प्रमुख निर्देशक ओहायो लोटरी निर्देशक प्याट म्याकडोनाल्डले मेगा मिलियन्सलाई पछ्याउने सबैलाई अर्को ड्रइङका लागि सस्पेन्समा राख्दै ज्याकपट फेरि रोल भएको बताएका छन् । लोटरीले शिक्षादेखि संरक्षण कार्यक्रमहरूसम्मका धेरै राम्रा कारणहरूका लागि कोष खडा गर्ने भएकाले यी प्रयासहरूलाई समर्थन गर्न पाउँदा गर्व गर्ने उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिशिगन १३ तारिख शुक्रबारको मेगा मिलियन्स ज्याकपटका लागि भाग्यशाली रहदै आएको छ । जुन २००८, मे २०११, जुन २०१४ र अक्टोबर २०१७ मा १३ तारिख शुक्रबार नै मिशिगनका विजेताले ज्याकपट जितेका थिए । २०१७ को ज्याकपट रोड आइल्याण्डमा एक विजेतासँग साझेदारी गरिएको थियो।

१३ तारिख शुक्रबारका अन्य ज्याकपटहरू न्यूयोर्कका विजेताले मार्च २००९ मा र ओहायोका विजेताले नोभेम्बर २०१५ मा जितेका थिए । तथापि, तिनीहरूमध्ये कुनै पनि यस हप्ताको अन्त्यमा खोलिने अनुमानित १ दशमलव ३५ बिलियनको आकारमा थिएनन् । शुक्रबारको अनुमानित पुरस्कार भन्दा ठूलो मेगा मिलियन्स ज्याकपोट १ दशमलव ५ बिलियनको गेम रेकर्ड हो, जुन अक्टोबर २३, २०१८ मा दक्षिण क्यारोलिनामा जितिएको थियो।

मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यसको ज्याकपटक जित्नका लागि ३०२ मिलियन टिकटबीच सबैभन्दा धेरै भाग्यशाली हुन जरुरी छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

लोटरीबाट राज्यले कमाएको शतप्रतिशत नाफा रकम शिक्षामा

न्युयोर्क लोटरी उत्तर अमेरिकाको सबैभन्दा ठूलो र सबैभन्दा फाइदा गर्ने लोटरी बन्ने क्रम जारी रहेको छ । यो राज्यबाट संचालित सरकारी लोटरी हो । तपाईलाई लाग्न सक्छ यसरी लोटरीबाट कमाएको नाफा रकम कहाँ जान्छ ?

वास्तवमा लोटरीबाट गरेको नाफा रकम शिक्षामा जाने गरेको छ । आर्थिक बर्ष २०२१/२०२२ मा न्युयोर्क राज्यमा शिक्षामा सहायताका लागि न्युयोर्क लोटरीले ३ दशमलव ६ बिलियन डलर प्रदान गरेको थियो । न्युयोर्क लोटरीको आम्दानी स्थानीय विद्यालय डिस्ट्रिक्टहरुमा वितरण गरिन्छ ।

राज्यबाट प्रदान गरिने अन्य सहायताका लागि जुन शुत्र प्रयोग गरिन्छ, लोटरीको आम्दानी रकम पनि त्यही शुत्र प्रयोग गरेर शिक्षामा प्रदान गरिदै आएको छ । कुन स्कुल डिस्ट्रिक्टमा कति रकम जाने भन्ने कुरा डिस्ट्रिक्टको आकार र आयस्तर दुवैलाई ध्यान दिएर निर्धारण गरिन्छ । ठूला, कम आय भएका स्कुल डिस्ट्रिक्टहरुले धेरै सहायता रकम प्राप्त गर्छन्।

आर्थिक बर्ष २०२०/२०२१ मा न्युयोर्क राज्यलाई लोटरी बेचेर भएको आम्दानी र खर्चको विवरण

लोटरीबाट भएको शतप्रतिशत आम्दानीको रकम शिक्षामा खर्च गरिन्छ । सन् १९६६ मा न्युयोर्कमा ६६ प्रतिशत मतदाताहरुले न्युयोर्कको लोटरीको आम्दानीको रकम सबै शिक्षामा प्रदान गर्नुपर्ने नियम स्वीकृत गरेका थिए ।

आर्थिक बर्ष २०२०/२०२१ मा न्युयोर्कमा ८ दशमलव ५९ बिलियनको लोटरी बिक्री भएको थियो । त्यसमध्ये २ दशमलव ५ बिलियन डलर आम्दानी शिक्षामा खर्च गरिएको थियो भने ४ बिलियन डलरभन्दा धेरै रकम विजेताहरुले पाएका थिए । बाँकी रकम बिक्रेतालाई कमिशन, ठेकेदारलाई शुल्क र अन्य खर्चमा समेत जाने गर्छ ।

अहिलेसम्मको इतिहासमा सबैभन्दा धेरै न्युयोर्कमा १० दशमलव २९ बिलियनको लोटरी आर्थिक बर्ष २०१८- २०१९ मा बिक्रि भएको थियो । जसमध्ये ३ दशमलव ४ बिलियन विद्यालयहरुलाई सहायतामा खर्च गरिएको थियो भने बाँकी रकम विजेता, बिक्रेता, ठेकेदार र अन्य खर्चमा लागेको थियो ।

न्युयोर्कमा मेगा मिलियन, पावरबल, क्यास फर लाइफ र न्युयोर्क लोट्टोगरी ४ वटा ज्याकपट खेलाइन्छ । जसमा सबैभन्दा धेरै मेगा मिलियन बिक्रि हुने गरेको छ । त्यो बाहेक न्युयोर्कमा स्क्रयाच गर्ने र दैनिक खेलिने अन्य लोटरीहरु पनि छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com