यस्ता छन् अमेरिकाको कोलोराडोमा नेपालीको गोली हानी हत्या गर्ने संदीग्धविरुद्ध ४ अभियोग


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

अमेरिकाको कोलोराडोमा बिहिबार राती ५३ बर्षीय नेपाली भेषराज लामिछानेलाई गोली हानेर हत्या गरेको अभियोगमा पक्राउ शावनाथन डिएन्जेलो चान्सविरुद्ध ४ अभियोगहरु लगाइएको छ । चान्सविरुद्ध कोलोराडोमा लामिछानेको हत्या, इन्डियानामा प्रहरी अधिकारीको प्रतिरोध, गाडी चोरी र लापरवाही ड्राइभिङको अभियोग लगाइएको छ ।

अमेरिकाभित्र जो कोही फस्ट डिग्री हत्याको दोषी छ भने उसलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुनेछ । त्यस्तै जो कोही सेकेण्ड डिग्री हत्याको दोषी छ भने उसलाई कुनै पनि वर्ष वा आजीवन जेल सजाय हुनेछ।

विषद्वारा गरिएको, पर्खाइमा बसेर गरिएको प्रत्येक हत्या फस्ट डिग्रीमा पर्छ । त्यस्तै कुनै पनि अन्य प्रकारको जानाजानी, जानाजानी, दुर्भावनापूर्ण, र पूर्वनियोजित हत्या पनि फस्ट डिग्री हत्यामा पर्छ । अपराध गर्ने प्रयास, कुनै पनि आगजनी, हत्या, अपहरण, देशद्रोह, जासुसी, तोडफोड, यौन दुर्व्यवहार, बाल दुर्व्यवहार, चोरी, वा डकैतीका क्रममा भएको हत्या पनि फस्ट डिग्रीमा पर्छ ।

बच्चा वा बालबालिका विरुद्ध आक्रमण वा यातनाको ढाँचा वा अभ्यासको भागको रूपमा गरिएको अपराध वा कुनै पनि मानिसको मृत्युलाई असर गर्न गैरकानूनी र दुर्भावनापूर्ण रूपमा पूर्व नियोजित डिजाइनबाट गरिएको हत्या पनि फस्ट डिग्रीमा पर्छ । अरु सबै हत्याहरु सेकेण्ड डिग्रीमा पर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार राती ८ बजेतिर ९११ मा स्टोरमा भएको घटनाबारे प्रहरीले जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले तत्काल हत्यारालाई भने पक्राउ गर्न सकेको थिएन । शुक्रबारमात्र अभियुक्तलाई इन्डियानाबाट पक्राउ गरिएको थियो ।

सदीग्धले लामिछानेलाई गोलीहानी हत्या गरेपछि हत्यारा उनकै गाडी लिएर भागेको थियो । भिडियोमा संदिग्धले क्लर्कलाई आक्रमण गरेको र त्यसपछि गोली हानेर हत्या गरेको देखिएको थियो । त्यसपछि संदिग्ध पीडितको कारमा घटनास्थलबाट फरार भएको देखिएको थियो । लामिछाने उक्त स्टोरका संचालक समेत हुन् ।

स्व. भेषराज लामिछाने

संदीग्धले लामिछानेलाई गोली हानेपछि उनकै निशान गाडीमा भागेको थियो । शुक्रबार विहान इन्डियानामा प्रहरीका अधिकारी टु्रपर फुल्टनले विहान १० बजेर २३ मिनेटतिर आई ६४ हाइवेनेर गस्ती गरिरहेका थिए । त्यतीबेला उनले खैरो रंगको २०१५ को निशान गाडी प्रतिघण्टा ८६ माइलको गतिमा हुइकिरहेको देखे ।

ओभर स्पीड भएका कारण  फुल्टनले उक्त गाडी रोक्ने प्रयास गरेका थिए । उनलाई त्यसमा कोलोराडो हत्यामा संलग्न व्यक्ति भएको थाहा थिएन । तर चालकले उक्त गाडीको गति अझ तीब्र बनाएर पूर्वी भागतिर हुइकाएको थियो । त्यसपछि एसआर १६५ उत्तरतिर र सीआर १००० दक्षिणतिर गाडी हुइकाएको थियो । त्यतीबेला गाडीको गति प्रतिघण्टा ९० माइल रहेको थियो ।

त्यसपछि गाडी अनियन्त्रित हुन पुगेको थियो । गाडीले दक्षिणतिरबा बाटो छाडेको थियो । गाडी धेरैपटक पल्टा खाएपछि एउटा खुला चौरमा आएर रोकिएको थियो । चालक घाइते भएको थिएन भने हिराशतमा लिइएको थियो ।

संदीग्धले चलाएको गाडी अनियन्त्रित भएपछि यस्तो अवस्थामा पुगेको थियो ।

इन्डियाना प्रहरीलाई यतीबेलासम्म उक्त चालक कोलोराडोमा गोली चलाएर भेषराज लामिछानेको हत्या गर्ने संदीग्ध भएकोबारे थाहा थिएन । प्रहरीले निशान गाडीको दर्ता हेर्दा गाडी कोलोराडोको ह्वीटरिजमा चोरी भएको रिपोर्ट गरिएको थियो भने चालक बिहिबारको गोलीकाण्डमा संलग्न भएको संदीग्ध रहेको थियो ।

गाडी भेषराज लामिछानेको भएको पत्ता लागेपछिमात्र इन्डियाना प्रहरीले खोज्दै जाँदा संदीग्धका बारेमा थाहा पाएको थियो ।

इन्डियाना राज्यप्रहरीले पछिमात्र उक्त व्यक्ति २६ बर्षीय शावनाथन डिएन्जेलो चान्स रहेको र कोलोराडोमा हत्याको संदीग्ध भएको थाहा पाएको जनाएको छ । आक्रमणकारी नर्थ क्यारोलिनाको भएको जनाइएको छ ।

इन्डियाना प्रहरीलाई प्राप्त जानकारी अनुशार संदीग्धलाई पक्राउ गरेर पोसे काउन्टी जेलमा राखिएको थियो । कोलोराडोका अधिकारीहरुलाई हस्तान्तरण गर्नु अगाडि उसलाई विना जमानत उक्त काउन्टी जेलमा राखिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com