बच्चा बोकेर हप्ताभर संसदमा व्यस्त हुने यी सांसदहरु को हुन् ?


प्रकाशित मिति : पुस २४, २०७९ आईतबार

अमेरिकी संसद गतसाताभर अनियन्त्रित कुराहरुले भरिएको थियो। प्रतिनिधिसभाका लागि सभामुख छान्नका लागि भइरहेको श्रृंखलावद्ध मतदानसँगै संसदमा अन्य रोचक दृश्यहरु पनि देखिएका थिए ।

संसदमा पट्यारलाग्दो मतदानको श्रृंखलामात्र थिएन, होज जस्ता सुन्दर शिशुहरू पनि थिए । क्यालिफोर्नियाका डेमोक्रेटिक सांसद जिमी गोमेज आफ्नो ४ महिनाको छोरासहित संसदमा व्यस्त थिए ।

आफ्नो बायोडाटा र अभियान ट्रेलमा गरिएका दावीहरूको बारेमा विवादमा फसेका न्युयोर्कका रिपब्लिकन सांसद जर्ज सान्तोस मङ्गलबार अन्य सांसदहरूका छोराछोरीहरूले घेरिएको सदन कक्षमा बसेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यालिफोर्नियाका डेमोक्रेटिक सांसद केभिन मुलिनका जुम्ल्याहा छोराहरू जस्ता थकित बालबालिकाहरु बुबाले अर्को भोटको पर्खाइमा निदाएका थिए। यद्यपी अल्छी मानेका बालबालिकाहरु कोठाका रहेका केही वयस्कहरू भन्दा कम अव्यवस्थित थिए।

संसदमा कैयन सांसदहरु धेरै आमाबाबु र हजुरबा हजुरआमा पनि भएकाले बालबालिकाहरुलाई मन पराएको सासद गोमेजले बताए । उनीहरू बच्चा देख्न मन पराएको र आफ्नो छोरा होज क्युट रहेको कुराले कसैलाई नदुख्ने गोमेजले बताए । क्यालिफोर्निया डेमोक्र्याट गोमेज यस हप्ता सोशल मिडिया स्टार बने, जब उनले बच्चा हेर्ने र सांसदको रूपमा सभामुख चयनका लागि भएको चुनावमा आफ्नो यात्रालाई ट्वीट गरेका थिए ।

वाशिंगटनमा गोमेजको परिवारका १४ सदस्यहरू थिए । तिनीहरू सबै महामारी पछि पहिलो पटक सँगै थिए । र उनको सपथ ग्रहणको लागि ठूलो पारिवारिक फोटोको योजनामा थिए । तर त्यो भन्दा अगाडि सभामुखको चयन गर्नुपर्ने थियो ।

४ महिनाका होजले मंगलबार हाउस फ्लोर र क्लोकरूममा बिताएका थिए । त्यसका लागि दुई बोतल दुध र केही डाइपर परिवर्तन आवश्यक परेको थियो । बुधवार बिहान गोमेजले छोरालाई नजिकैको कार्यालयहरू भ्रमण गराएर संसदमा ल्याएका थिए । बिहीबार गोमेजकी श्रीमती तथा लस एन्जलसकी उपमेयर मेरी होज लगायतका परिवारका सदस्यहरु क्यालिफोर्निया फर्केका थिए । तर गोमेज र ४ बर्षका छोरालाई भने वाशिंगटनमा छाडिएको थियो ।

आफ्नी श्रीमती वा कुनै पनि महिला स्वतः बालबालिकाको हेरचाहकर्ता हुनु हुँदैन भन्ने विचारमा आफहरु विश्वास गर्ने गोमेजले बताए । आफ्नो काम अलि बढी लचिलो भएकाले आफूसँग बच्चा राख्न सजिलो भएको गोमेजले बताए । तर डिसीमा रहेको उनको अपार्टमेन्ट अत्यन्तै सानो रहेकाले बच्चा राख्न त्यती सहज भने थिएन ।

परम्परागत रूपमा प्रतिनिधिसभाका सदस्यहरूले नयाँ कार्यकालको पहिलो दिन प्रियजनहरूसँग विताउन खर्च गर्छन् । सामान्यतया शपथ ग्रहण फोटो त्यो दिनको हाइलाइट हो।

दुई प्रख्यात बुबाहरु रेभ जेसी ज्याक्सन र न्युजर्सीका सिनेटर रोबर्ट मेनेन्डेज मंगलबार प्रतिनिधिसभाको ग्यालरीमा आफ्ना छोराहरूले शपथ लिएको देख्ने आशामा घण्टौंसम्म बसेका थिए । क्यालिफोर्नियाकी सांसद जुलिया ब्राउनली पहिलो नातिनी ९ महिनाकी टिब्बीलाई उनको शपथ ग्रहणको लागि राष्ट्रको राजधानीमा पाउँदा उत्साहित थिइन्। टिब्बीले मंगलबारको केही भाग प्रतिनिधसभाको भुइँमा हजुरआमाको काखमा बिताइन्। उनी बुधवार सांसदको कार्यालय भित्र र बाहिर थिइन् ।

टेक्सासका डेमोक्रेटिक सांसद जोआकिन क्यास्ट्रोले आफ्नी श्रीमती र ८ महिनाकी छोरी अन्ना भ्यालेन्टिना सहित तीन बच्चाहरूलाई सान एन्टोनियोबाट वाशिंगटन ल्याएका थिए । उनीहरूका लागि इतिहासको साक्षी हुने मौका थियो । तीनैजना मंगलबार सदनमा थिए ।

संसदभवन बच्चाहरुका लागि नबनाइएकाले यसले अराजकता थपेको र भुइँमा स्ट्रलरको साथ वरिपरि जान गाह्रो रहेको क्यास्ट्रोले शुक्रबार मतदान पछि बताएका थिए ।तर सबै केटाकेटीहरूलाई देखेर राम्रो लागेको उनले बताए । सबै बच्चाहरूले वास्तवमै राम्रो गरेको र एक घण्टासम्म कोही नरहेको उनलेब ताए । तर बयस्कहरु रोए नरोएकोबारे भने आफूले बताउन नसक्नेबारे उनले मजाक गरे ।

पुरुष सदस्यहरूको बाथरुममा कपडा परिवर्तन गर्ने स्टेशन नभएको क्यास्ट्रोले बताए । यो साता संदमा बुबाहरूले आफ्नो काम र आफ्ना छोराछोरीको हेरचाह गरिरहेको देखिनु सामान्य भएको थियो ।

गोमेजले बच्चाको हेरचाह गर्दा धेरैको ध्यान आफतिर परेको र धेरैले अद्भुत भन्दै प्रशंसा गरेको बताए । आफ्नो बच्चालाई काममा ल्याउँदा पुरुषको प्रशंसा हुने तर एउटी महिलाले आफ्नो बच्चालाई काममा लगेमा बच्चालाई काममा ल्याउने भनेर प्रश्न गरिने गोमेजले बताए ।

महिलाहरुले बच्चालाई काममा लगेमा समर्पित नभएको अर्थ लगाइने तर पुरुषले बच्चालाई काममा लगेमा राम्रो अभिभावकका रुपमा अर्थ लगाइने गरेको भएतापनि यो मान्यता हटाउनुपर्ने गोमेजले बताए । त्यसकारण उनी आमाका लागिमात्र नभई बुबाको लागि समेत तलबी पारिवारिक बिदाको पक्षमा छन् ।

अर्को कुरा संसदमा आफ्नो ४ महिनाको छोरा होज पहिले नै धेरै सहज रहेको् र यदि उसलाई कुनै पोजिशन मन नपरेमा वा थकित भईरहेको भएमा उनले थाहा दिने गोमेजले बताए । तर होजलाई क्यामेरा मनपर्ने उल्लेख गर्दै भविश्यमा राजनीतिज्ञ बन्नसक्ने उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com