९ बर्ष अगाडि डिभीबाट अमेरिका आएका भेषराज लामिछानेको कोलोराडो स्टोरमा गोली हानी हत्या


प्रकाशित मिति : पुस २४, २०७९ आईतबार

अमेरिकाको कोलोराडोमा आफ्नै स्टोरमा काम गर्दै आएका नेपाली भेषराज लामिछानेको बन्दुकधारीद्धारा गोली हानी हत्यापछि खोलिएको गोफण्डमीमा ५७ हजार डलर संकलन भएको छ ।

५३ बर्षीय लामिछानेलाई बिहिबार राती हुईटरीज, कोलोराडोको कन्भिनियन्स स्टोरमा काम गरिरहेको अबस्थामा गोली हानी हत्या गरिएको थियो । चार छोराछोरीका बाबु र परिवारको एकमात्र कमाउने मुख्य अभिभावक लामिछानेको हत्यापछि परिवारलाई साथ र सहयोगका लागि गोफण्डमी खोलिएको हो ।

सहयोग गर्न यहाँ क्लीक गर्नुहोला ।

लामिछाने उक्त स्टोरका संचालक समेत हुन् । प्रहरी अधिकारीहरूले लगभग बेलुका ८ बजे व्यवसायमा गोलीप्रहारको घटनाबारे जानकारी पाएका थिए । त्यसपछि घटनास्थलमा आइपुग्दा ५३ वर्षीय भेषराज लामिछाने मृत फेला परेका थिए भने घटनास्थलमा कुनै संदिग्ध व्यक्ति थिएन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा तनहु जिल्ला घर भई सन् २०१४ मा डिभीमार्फत अमेरिका आएका लामिछाने चार छोराछोरी र श्रीमतीसहित कोलोराडोमा बस्दै आएका थिए। उनलाई गोलीहानी हत्या गरेपछि हत्यारा उनकै गाडी लिएर भागेको थियो ।

भिडियो रेकर्डमा संदिग्धले क्लर्कलाई आक्रमण गरेको र त्यसपछि गोली हानेर हत्या गरेको देखिएको थियो । त्यसपछि संदिग्ध पीडितको कारमा घटनास्थलबाट फरार भएको देखिएको थियो ।

संदीग्ध आक्रमणकारी शवनाथन डेन्जेलो चान्स

इन्डियाना स्टेट पुलिसका अनुशार पक्राउ परेको वयक्ति २६ बर्षीय शवनाथन डेन्जेलो चान्स रहेको जनाइएको छ ।

हत्याको अभियोगमा २६ वर्षीय एक अश्वेत व्यक्तिलाई शुक्रबार बिहान इन्डियानामा पक्राउ गरिएको छ ।

आक्रमणकारीले इन्डियानामा शुक्रबार विहान ८६ माइल प्रति घण्टामा गाडी कुदाएको देखेपछि प्रहरीले गाडी रोक्ने प्रयास गरेका थिए । तर उसले उच्च गतिमा गाडी चलाएको थियो । ९० माइल प्रतिघण्टामा गाडी चलाएपछि उसले नियन्त्रण गुमाएको थियो ।

त्यसपछि बाटो छोडेर धेरै पटक घुम्यो र खुला मैदानमा आएर गाडी रोकिएको थियो । त्यसपछि प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएको थियो । संदीग्ध आक्रमणकारीलाई कुनै चोटपटक नलागेको जनाइएको छ । नियन्त्रणमा लिएर चेक जाँच गर्दा गाडी चोरिएको भएको पाइएको थियो भने चालक आक्रमणकारशावनाथन डिएन्जेलो चान्स रहेको पत्ता लगोको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com