९ बर्ष अगाडि डिभीबाट अमेरिका आएका भेषराज लामिछानेको कोलोराडो स्टोरमा गोली हानी हत्या


प्रकाशित मिति : पुस २४, २०७९ आईतबार

अमेरिकाको कोलोराडोमा आफ्नै स्टोरमा काम गर्दै आएका नेपाली भेषराज लामिछानेको बन्दुकधारीद्धारा गोली हानी हत्यापछि खोलिएको गोफण्डमीमा ५७ हजार डलर संकलन भएको छ ।

५३ बर्षीय लामिछानेलाई बिहिबार राती हुईटरीज, कोलोराडोको कन्भिनियन्स स्टोरमा काम गरिरहेको अबस्थामा गोली हानी हत्या गरिएको थियो । चार छोराछोरीका बाबु र परिवारको एकमात्र कमाउने मुख्य अभिभावक लामिछानेको हत्यापछि परिवारलाई साथ र सहयोगका लागि गोफण्डमी खोलिएको हो ।

सहयोग गर्न यहाँ क्लीक गर्नुहोला ।

लामिछाने उक्त स्टोरका संचालक समेत हुन् । प्रहरी अधिकारीहरूले लगभग बेलुका ८ बजे व्यवसायमा गोलीप्रहारको घटनाबारे जानकारी पाएका थिए । त्यसपछि घटनास्थलमा आइपुग्दा ५३ वर्षीय भेषराज लामिछाने मृत फेला परेका थिए भने घटनास्थलमा कुनै संदिग्ध व्यक्ति थिएन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा तनहु जिल्ला घर भई सन् २०१४ मा डिभीमार्फत अमेरिका आएका लामिछाने चार छोराछोरी र श्रीमतीसहित कोलोराडोमा बस्दै आएका थिए। उनलाई गोलीहानी हत्या गरेपछि हत्यारा उनकै गाडी लिएर भागेको थियो ।

भिडियो रेकर्डमा संदिग्धले क्लर्कलाई आक्रमण गरेको र त्यसपछि गोली हानेर हत्या गरेको देखिएको थियो । त्यसपछि संदिग्ध पीडितको कारमा घटनास्थलबाट फरार भएको देखिएको थियो ।

संदीग्ध आक्रमणकारी शवनाथन डेन्जेलो चान्स

इन्डियाना स्टेट पुलिसका अनुशार पक्राउ परेको वयक्ति २६ बर्षीय शवनाथन डेन्जेलो चान्स रहेको जनाइएको छ ।

हत्याको अभियोगमा २६ वर्षीय एक अश्वेत व्यक्तिलाई शुक्रबार बिहान इन्डियानामा पक्राउ गरिएको छ ।

आक्रमणकारीले इन्डियानामा शुक्रबार विहान ८६ माइल प्रति घण्टामा गाडी कुदाएको देखेपछि प्रहरीले गाडी रोक्ने प्रयास गरेका थिए । तर उसले उच्च गतिमा गाडी चलाएको थियो । ९० माइल प्रतिघण्टामा गाडी चलाएपछि उसले नियन्त्रण गुमाएको थियो ।

त्यसपछि बाटो छोडेर धेरै पटक घुम्यो र खुला मैदानमा आएर गाडी रोकिएको थियो । त्यसपछि प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएको थियो । संदीग्ध आक्रमणकारीलाई कुनै चोटपटक नलागेको जनाइएको छ । नियन्त्रणमा लिएर चेक जाँच गर्दा गाडी चोरिएको भएको पाइएको थियो भने चालक आक्रमणकारशावनाथन डिएन्जेलो चान्स रहेको पत्ता लगोको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com