अमेरिकी इतिहासको चौथो ठूलो झण्डै १ बिलियनको मेगा मिलियन ज्याकपट आज खोलिदै


प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार

अमेरिकी इतिहासको चौथो ठूलो झण्डै १ बिलियनको मेगा मिलियन ज्याकपट आज खोलिदै छ । मंगलबार पनि कसैलाई नपरेपछि मेगा मिलियन ज्याकपट मोटाएर ९४० मिलियन डलरको पुगेको छ । यो इतिहासमै चौथो ठूलो मेगा मिलियन ज्याकपट बनेको छ ।

मेगा मिलियन ज्याकपटले यस अगाडि इतिहासमा नै जम्मा ५ पटकमात्र ६ सय मिलियन नाघेको थियो ।

२०२२ को जुलाईमा खोलिएको १ दशमलव ३ बिलियनको लोटरी इलिनोयमा परेको थियो भने २१ को जनवरीमा खोलिएको १ दशमलव शुन्य ५ बिलियनको लोटरी मिसिगनमा परेको थियो । २०१८ को अक्टोबरमा १ दशमलव ५ बिलियनको लोटरी साउथ क्यारोलिनामा परेको थियो ।

२०१३ को डिसेम्बरमा ६४८ मिलियनको ज्याकपटक क्यालिफोर्निया र जर्जियामा परेको थियो । २०१२ को मार्चमा ६५६ मिलियनको लोटरी इलिनोय, कन्सास र मेरिल्याण्डमा परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ज्याकपट विजेताहरूले आफ्नो जितेको पैसा एक पटकको नगद भुक्तानी वा वार्षिकी विकल्पका रुपमा सङ्कलन गर्न सक्छन् । बार्षिक भुक्तानी ३० किस्तामा गरिन्छ । एकमुष्ठ लिन चाहनेले ३९५ मिलियन प्राप्त गर्नेछन् ।

मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यसको ज्याकपटक जित्नका लागि ३०२ मिलियन टिकटबीच सबैभन्दा धेरै भाग्यशाली हुन जरुरी छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

यस अगाडि अमेरिकामा पावरबल २ बिलियन डलर पुगेको थियो । उक्त पावरबल ज्याकपट लोटरी क्यालिफोर्नियाका व्यक्तिले जितेका थिए । तर अहिलेसम्म कसैले पनि उक्त टिकट दावी गर्न आएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com