आफ्नै सांसदले भोट नहालेपछि अमेरिकी प्रतिनिधिसभामा रिपब्लिकनहरु सभामुख चयन गर्न असफल
प्रकाशित मिति : पुस २०, २०७९ बुधबार
Rep. Ken Buck, R-Colo., a member of the conservative House Freedom Caucus, talks to reporters on Capitol Hill in Washington, Tuesday, Jan. 3, 2023, after the House adjourned following three failed attempts to select a Speaker of the House for the 118th Congress. (AP Photo/Carolyn Kaster)
१०० वर्षमा पहिलो पटक अमेरिकी प्रतिनिधिसभा पहिलो मतपत्रबाट सभामुख चयन गर्न असफल भएको छ । यस अगाडि सन् १९२३ मा नयाँ संसदको शुरुवातमा प्रतिनिधिसभा पहिलो चरणको मतदानमा सभामुख छान्न असफल भएपछि एक भन्दा बढी राउन्ड मतदान भएको थियो।
सभामुख छान्ने प्रकृयामा १८५५ मा दुई महिनामा १३३ राउन्ड मतदान भएको थियो। मंगलबार पनि अमेरिकी प्रतिनिधिसभामा एक शताब्दी अगाडिको इतिहास दोहोरिएको छ ।

नयाँ अमेरिकी प्रतिनिधिसभा मङ्गलबार अस्तव्यस्ततामा डुबेको थियो । किनभने रिपब्लिकन सांसदहरुले उनकै पार्टीका केभिन म्याकार्थीलाई प्रतिनिधि सभाको सभामुख बन्नबाट रोक्न अपमानजनक मतहरूको श्रृंखला जारी राखे ।
क्यालिफोर्निया यी सांसदलाई प्रतिनिधिसभाको सभामुख बन्नका लागि साधारण बहुमतको मात्र आवश्यकता थियो । तर एक शताब्दीमा पहिलो पटक रिपब्लिकनहरूले पहिलो तीन चरणको मतदानमा सभामुख चयन गर्न असफल भए ।
रिपब्लिकनहरुले प्रतिनिधिसभामा आफ्नो नयाँ नियन्त्रणको उत्सव मनाउनुको सट्टा पार्टीले बरु आन्तरिक विभाजनलाई अझ गहिरो बनाउन सक्ने गरी सभामुख चयनको लडाईको सामना गरेको छने म्याकार्थीको राजनीतिक क्यारियरमा पनि प्रश्नचिन्ह खडा गरेको छ । ५७ बर्षीय म्याकार्थीलाई तल्लो सदनमा सभामुख बन्न २१८ मत चाहिन्छ । अहिले रिपब्लिकन बहुमत रहेको प्रतिनिधिसभामा रिपब्लिकन २२२ र डेमोक्र्याट्स २१२ सांसदहरु रहेका छन् ।

तर उनी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका धेरै उच्च प्रोफाइल सहयोगीहरू सहित पार्टी विद्रोहीहरूलाई पङ्क्तिमा ल्याउन असफल भएका छन् । पहिलो दुई राउन्डमा प्रत्येकमा आफ्नै पक्षबाट १९ नो भोटले स्तब्ध भएका उनी तेश्रो राउण्डमा नो भोट बढेर २० पुगेको थियो ।
उसको प्रदर्शन यति कमजोर थियो कि उनी संसदमा नियन्त्रण नरहेको डेमोक्र्याटिक अल्पसंख्यक नेता हाकिम जेफ्रीससँग सुरुवाती तीनवटा मतपत्रहरूमा पराजित भए । यद्यपि रिपब्लिकनले नै अन्ततः आफ्नो पार्टीकै सभामुख बनाउनेमा भने कुनै शंका छैन।

रिपब्लिकनहरू बीच रातभर सहमति कायम गर्नका लागि मंगलबारको संसदको प्रकृया बुधबारसम्मका लागि स्थगित गरिएको थियो । सभामुख चयनको गतिरोध जारी रहेकाले आज दिउसो सभा बोलाउने तयारी गरिएको छ । यद्यपि, यो सम्भव छ कि सदनले वार्तालाई बाँकी दिन जारी राख्न अनुमति दिन तुरुन्तै स्थगित गर्न सक्ने जनाइएको छ ।





