जापानले टोकियोबाट बाहिर सर्नेलाई अप्रिलबाट प्रतिबच्चा ७७ सय डलर दिने


प्रकाशित मिति : पुस २०, २०७९ बुधबार

Eiffel Tower, Paris during dusk

जापानले आफ्नो भीडभाडयुक्त राजधानीबाट बाहिर बसाई सराई गरेर जाने परिवारहरूलाई भुक्तान गर्ने प्रस्ताव गरेको छ। अप्रिलदेखि प्रोत्साहन स्वरुप प्रति बच्चा १ मिलियन यन अर्थात् ७७ सय डलर बराबरको भुक्तानी गरिने भएको छ । तर उनीहरू टोकियोबाट कम जनसंख्या भएको ग्रामीण इलाकाका सहरहरूमा बसाई सर्नुपर्नेछ ।

यो योजना १८ वर्ष मुनिका, वा अझै उच्च विद्यालयमा पढिरहेका १८ वर्ष र माथिका आश्रितहरूका लागि लागु हुनेछ ।

टोकियो देशको सबैभन्दा बढी जनसंख्या भएको सहर हो, जहाँ लगभग ३७ मिलियन बासिन्दाहरूको बसोबास रहेको छ । दशकौंदेखि, जापानभरका मानिसहरू रोजगारीको अवसर खोज्दै शहरी केन्द्रहरूमा बसाइँ सरेका छन्।

२०२१ मा सार्वजनिक गरिएको सरकारी तथ्याङ्क अनुसार कोरोना महामारी अघि टोकियोमा सर्ने मानिसको संख्या प्रत्येक वर्ष सहर छाड्नेहरूको संख्याभन्दा ८० हजारभन्दा बढी थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Japanese lantern over city bike at nighttime

थोरै ठाउँको साथ मूल्यहरू अत्याधिक महँगो भएको छ । तर ग्रामीण सहरहरूमा भने कम बासिन्दाहरू रहेका छन् । साथै लाखौं खाली घरहरू समेत बाँकी छन्।

जापान सरकारले मानिसहरूलाई टोकियो छोड्न प्रोत्साहन गर्न आर्थिक प्रोत्साहनहरू प्रयोग गर्ने प्रयास गरेको पहिलोपटक भने होइन । तर नयाँ योजना हाल लागु गरिएको रकमको तीन गुणा बढी रहेको छ ।

जापानले लामो समयदेखि कम जन्मदर र लामो आयुको प्रत्याशासँग संघर्ष गरिरहेको छ । हालैका वर्षहरूमा जापानमा जन्मनेको भन्दा मृत्यु हुनेको संख्या बढी रहेको छ।

नयाँ योजना अन्तर्गत टोकियो महानगर क्षेत्रमा कम्तिमा पाँच वर्ष बसोबास गर्ने र काम गरेका व्यक्तिहरूले ग्रामीण इलाकामा गएमा ४५ सय डलर बराबर प्राप्त गर्न सक्नेछन्। त्यो प्रोत्साहन जोडीहरूका लागि ७७ सय डलर रहेको छ ।

गत वर्ष सरकारले एकल आमाबाबु वा बच्चा भएका दम्पतीहरूलाई स्थानान्तरण गरेमा प्रति बच्चा २३ सय डलर बराबर प्राप्त गर्न अनुमति दिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com