जनवरी ५ देखि चीनबाट सिधा वा तेश्रो मुलक गेटवेबाट अमेरिका आउँदा कोरोना परीक्षण अनिवार्य


प्रकाशित मिति : पुस १३, २०७९ बुधबार

yellow hibiscus in clear glass vase

अमेरिकाले जनवरी ५ देखि लागु हुनेगरी चीनबाट अमेरिका आउने सबै यात्रुहरूलाई उडान गर्नु अघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । चीनले कोरोना सम्बन्धि प्रतिबन्धहरू हटाएपछि त्यहाँ बढेको कोरोना संक्रमणपछि अमेरिकाले नयाँ मापदण्डको घोषणा गरेको हो ।

चीनबाट अमेरिका आउने यात्रुहरूले उडान गर्नु अघि दुई दिन भित्रको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ । विमानमा चढ्नु अघि यात्रुहरुले एयरलाइन्समा परीक्षणको प्रमाण पेश गर्नुपर्नेछ । पीसीआर परीक्षण वा टेलिहेल्थ सेवा मार्फत प्रशासित आफै परीक्षण गरिएको एन्टिजेन रिपोर्टलाई पनि मान्यता दिइनेछ ।

यो मापदण्ड चीनबाट सिधै अमेरिकामा उडान गर्ने यात्रुहरूका साथै सियोल, टोरन्टो र भ्यानकुभरलगायत लोकप्रिय तेस्रो देशीय गेटवेहरूबाट उडान गर्ने यात्रुहरूमा समेत लागू हुनेछ। आफ्नो उडानको १० दिन भन्दा पहिले कोरोना पोजेटिभ देखिएका यात्रुहरूले कोरोना परीक्षणको नेगेटिभ रिपोर्टको सट्टामा उनीहरूको रिकभरीको कागजात उपलब्ध गराउन सक्छन्।

Visualization of the coronavirus causing COVID-19

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी अधिकारीहरूले कोरोना संक्रमणमा भर्खरको बृद्धिका सन्दर्भमा चीनको पारदर्शिताको अभावको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् । विशेष गरी जीनोम अनुक्रमणिका जानकारीको अभावबारे चिन्ता व्यक्त गरिएको छ, जसले कोरोनाभाइरसको नयाँ प्रकारहरू पत्ता लगाउन मद्दत गर्दछ।

जापान र भारतले पनि चीनबाट आउने यात्रुहरूका लागि नयाँ मापदण्डहरु घोषणा गरिसकेका छन् । जापानले डिसेम्बर ३० देखि चीनबाट यात्रा गर्ने व्यक्तिहरूलाई जापान आइसकेपछि कोभिड १९ को परीक्षण गराउनु पर्ने मापदण्ड तय गरेको छ । भारतीय अधिकारीहरूले चीन, जापान, दक्षिण कोरिया, हङकङ र थाइल्याण्डका यात्रुहरूले आगमनमा कोभिड १९ परीक्षण नेगेटिभ आएको प्रमाण देखाउनुपर्ने बताएका छन्। पोजेटिभ रिपोर्ट आएमा क्वारेन्टाइनमा पठाइनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com