२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिका

अमेरिकाभर १० करोड व्यक्ति चिसो मौषमको चपेटामा, न्युयोर्कमा शनिबार माइनस २३ डिग्री अनुभव

pug covered with blanket on bedspread

अमेरिकाभर १० करोड भन्दा बढी मानिसहरू जाडो मौसमको चपेटामा परेका छन् । र प्रमुख विन्टर आँधीका कारण चेतावनीहरु जारी गरिदैछ भने राष्ट्रिय मौसम सेवाले एउटा पुस्ताले जीवनकालमा एकपटक भोग्ने घटनाका रुपमा व्याख्या गरेको छ ।

खराब मौषमका कारण अमेरिकामा अहिलेसम्म करिब १,७०० उडानहरू रद्द गरिएको छ भने शिकागो र डेनभर एयरपोर्टहरू सबैभन्दा बढी प्रभावित भएका छन् । २४८० भन्दा धेरै उडानहरु ढिलाई भएका छन् ।

मध्यपश्चिम क्षेत्रमा एक फिट भन्दा बढी हिउँ र सम्भावित हिमपातका अवस्थाहरूको अनुमान गरिएको छ । मौसम सेवाले लाखौंको लागि ज्यानमारा चिसोको चेतावनी दिएको छ ।

चिसो क्रिसमस सप्ताहन्तको आसपासमा रहनेछ । मध्यपश्चिम लगायतका भागहरूको लागि लगभग ४० वर्षमा सबैभन्दा चिसो क्रिसमस हुने भएको छ ।

राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई व्यापक खतरनाक चिसोको आँधीलाई गम्भीरताका साथ लिन र स्थानीय अधिकारीहरूको चेतावनी सुन्न चेतावनी दिएका छन् ।

person holding white ceramic mug

यो साँच्चै एक धेरै गम्भीर मौसम चेतावनी भएको तथा ओक्लाहोमाबाट वायोमिङ र वायोमिङदेखि मेनसम्म जाने बाइडेनले बताए । प्रशासनले प्रभावित क्षेत्रमा हालसम्म २६ गभर्नरलाई सम्पर्क गर्ने प्रयास गरेको उनले बताए।

न्युयोर्कमा कडा जाडोको अनुमानका कारण बफेलो पब्लिक स्कूलहरू शुक्रबार बन्द हुनेछन् । बफेलो स्कूल डिस्ट्रिक्टले ६० स्कुलमा ३२ हजारभन्दा धेरै विद्यार्थीलाई पढाउने गरेको छ । न्यूयोर्क राज्यका धेरै क्षेत्रहरूमा भारी वर्षा, हिउँ, उच्च हावा, चिसो र फ्ल्याश बाढीको अपेक्षा गरिएको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

न्युयोर्कका गभर्नर क्याथी होकुलले हानिकारक हावाले रूखहरू र बिजुली लाइनहरू उडाउन सक्ने तथा व्यापक बिजुली अवरुद्ध हुन सक्ने चेतावनी दिएकी छिन् । खराब मौषम बिहीबारदेखि सोमबार सम्म पुग्ने अपेक्षा गरिएको छ। शनिबार न्युयोर्कको तापक्रम माइनस १३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने माइनस २३ डिग्री सेल्यिससजस्तो अनुभव हुनेछ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →